भारतमा सफल भयो फाइभजी प्रयोग गरी गरिएको पहिलो फोन कल परीक्षण, चाँडै व्यावसायिक रोलआउटमा जाने

0
352

एजेन्सी,

भारतमा पहिलोपटक आफ्नै फाइभजी नेटवर्क सुरु भएको छ। भारतका केन्द्रीय मन्त्री आश्विनी वैष्णवले बिहीबार पहिलो फाइभजी फोनकल गर्दै नेटवर्क परीक्षण गरे।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइआइटी मद्रासमा मंगलबार देशकै पहिलो फाइभजी-टेस्ट बेडको उद्घाटन गरेका थिए। प्रधानमन्त्री मोदीले स्टार्टअप तथा उद्योगीहरुलाई विदेशी सुविधाको निर्भर कम गर्दै आफ्ना प्रोडक्टको परीक्षण र प्रमाणीकरण स्थानीय रुपमै गर्न जोड दिएका थिए।

‘आत्मनिर्भर फाइभजी। आआइटी मद्रासमा सफलतापूर्वक परीक्षण भएको छ। भारतमा समग्र एन्ड टू एन्ड नेटवर्क डिजाइन र विकास गरिएको छ,’ मन्त्री वैष्णवले भने।

भारतले आगामी अगस्ट-सेप्टेम्बरसम्ममा फाइभजीको व्यवसायिक रोलआउट गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here