आईएसआईएसका पूर्वसदस्यलाई अमेरिकी अदालतद्वारा आजीवन काराबासको सजाय

0
375

काठमाण्डौं ।

सशस्त्र समूह आईएसआईएसका पूर्वसदस्य बेलायती मूलका अलेक्जेन्डा कोटेविरुद्ध अमेरिकी अदालत आजीवन काराबासको सजाय सुनाएको छ ।

ती अभियुक्तले बन्धक बनाउने र अशुली गर्ने लगायतका आरोप स्वीकार गरेको महिनौंपछि अमेरिकी न्यायाधीशले यस्तो सजाय सुनाएका हुन् ।

अमेरिकाको वासिंटन नजिकै उत्तरी भर्जिनियास्थित अदालतमा न्यायाधीश टीएस एलिसले शुक्रबार सजाय सुनाएका हुन् । तर ती आईएसआईएसका वकिलले अभियुक्तले अधिकतम सजाय भोग्नु नपरोस् भन्दै अदालत समक्ष आग्रह गरेका थिए । जसले गर्दा अभियुक्त पूर्ण रुपमा वहिष्करणमा पर्ने वकिलको तर्क थियो ।

न्यायाधीशले भने उक्त आग्रह अस्वीकार गर्दै फैसला सुनाएका हुन् । शुक्रबारको फैसला न्यायाधीशले दिएको आदेश अनुसार अभियुक्त कोटेलाई जुलाईसम्म भर्जिनियामा कैदमा राख्नुपर्ने भनिएको छ ।

२०२१ को सेप्टेम्बरमा ती अभियुक्तले अमेरिकी पत्रकार जेम्स फोली र स्टीभन सोटलफ साथै दातृ निकायका अधिकारी काइला मुलर र पिटर कासिगको मृत्युमा ‘आतंकवाद’ आरोप र बन्धक बनाउने काममा दोषी भएको स्वीकार गरेका थिए।

यसबीचमा अभियुक्तले पीडित परिवारलाई भेट गरेका छन् । त्यस क्रममा बन्धक बनाइएका पीडित पिटर कासिगकी आमाले अभियुक्तसँग भेटको क्रममा यस घटनाले आफूलाई पनि दुखी बनाएको प्रतिक्रिया दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘म तिमीलाई घृणा गर्ने छैन । यसले मलाई पीडा र दुख दिनेछ ।’

कोटे आईएसआईएस अन्तर्गत क्रूर युनिट बिटल्समा आवद्ध थिए । जवकि उक्त युनिटका कतिपय सदस्यलाई यसअघि मृत्युदण्डको सजाय समेत दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here