बिराटनगर ।

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका–११ दुधेबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का १९ बर्षीय हरदिप राजबंशी, भारतिय नागरीक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २०३.४१०(दुर्इ सय तीन ग्राम चार सय दश मिलि ग्राम) लागूऔषध ब्राउनसुगर, नगद ३८ हजार सात सय ३० रुपैयाँ र उनीहरुले प्रयोग गरेको प्रदेश १–१०–१५ प ४२१८ तथा डब्लुबी ७४ भी ६४३९ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
त्यसैगरी मोरङको बेलवारी नगरपालिका–३ बाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलवारी स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्रदेश १–०२–०४८ प ९७७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको लुकिङ ग्लास भित्र लुकाई छिपाई राखिएको अवस्थामा तीन ग्राम लागूऔषध ब्राउनसुगरसहित बुढीगंगा गाउँपालिका–७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।































