दमक १०: चासो र सरोकार

0
812

विवेक बसिष्ट/दमक,

नेपालको हरेक प्रजातान्त्रिक आन्दोलन का निर्णायक पात्रहरूलाई जन्म दिने झापा जिल्ला २००७ साल देखिनै चर्चा र निर्णायक जिल्लाको रुपमा रहँदै आएको छ।

प्रजातान्त्रिक योद्धाहरू लाई राजनैतिक शिक्षण र मार्गनिर्देश गर्ने झापा जिल्लाको अलग्गै विशेषता ,पहिचान र छवि छ। हरेक प्रजातान्त्रिक आन्दोलनमा राजनीति उर्भर भूमीको रुपमा स्थापित झापा जिल्ला ले नेपालमा कम्युनिष्ट दर्शन,पार्टी र सिद्धान्त लाई जन्म दिएको थियो।नेपालका कम्युनिस्ट पार्टीका नेताहरु सि. पी मैनाली,आर. के मैनाली,के पी ओली . माधव नेपाल लगाएत दर्जनौं नेताहरुको राजनैतिक जन्म घरबाट नेपालको सासन को रूपरेखा कोरिन निर्णायक भूमिका निर्वाह गरेको झापा जिल्लामा कम्युनिस्ट पार्टीको जनसमर्थन गुम्दो अवस्थामा पुगेको छ।

हरेक प्रकार का राजनैतिक परिवर्तनमा झापाली जनताको साथ र समर्थन जुटाउन सफन् कम्युनिस्ट पार्टी ले एक समय” झापा जिल्ला लाल किल्ला” भन्ने नारा स्थापित गरे पनि अहिले आएर विस्थापित भएका छन्।

नेपालको संविधान २०७२ जारी भए पछि भएको स्थानिय निकाय चुनावमा जनतालाई मीठा मीठा सपना बाँडेर स्थानिय सरकारको बागडोर सम्हाल्न पुगेको नेपाल कम्युनिस्ट पार्टी(एमाले) ले दोस्रो स्थानिय निकायको चुनाव २०७९ मा आफ्नो पुरानो विरासत गुमाएको छ ।

झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर पाँच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली को निर्वाचन क्षेत्र हो।यस नगरपालिका मा जम्मा १० ओटा वार्ड रहेको छ।पाँच वर्ष अगाडिको नगर चुनावमा आपनो वर्चश्व काएम राखेको एमालेले यस पालि नगरको सासन गुमाउन सक्ने अवस्था रहेको छ। एमालेको एकलौटी रवैया बाट आजित भएर दमकमा एमाले विरुद्ध प्रजातान्त्रिक गठबंधन तयार गरी उमेद्वारी दिइएको छ।

प्रजातान्त्रिक गठबंधन बाट नगर प्रमुख ( मेयर) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा छन् भने उपप्रमुख मा कांग्रेस की महिला नेता रेगिना भट्टराई ( प्रसाई) छिन्।हाल सम्म गणना भएको मतको आधारमा गठबंधन का उम्मेदवार अगाडि रहेका छन्।

झापा पाँच को निर्णायक नगरपालिका दमकमा भएको स्थानीय निकायको निर्वाचन को मतगणना जारी छ। सम्पन्न भएको वार्ड मद्धे सर्वत्र चासो र सरोकार भएको वार्ड नम्बर १० मा गठबंधन ले विजय गरेको छ।

दमक नगरपालिका को वार्ड नम्बर १० सर्वत्र चर्चा को वार्ड हो।यो वार्ड मा चीन सरकारको आर्थिक सहयोगमा निर्माण हुने भनिएको नेपाल चीन मैत्री पार्क ( दमक क्लिन पार्क) बन्ने भनिएको छ।चीन सरकारको ३३ अर्ब लगानीमा निर्माण हुने भनिएको दमक क्लिन पार्क को विषय र प्रक्रिया विवादमा परेको छ।

जग्गा मुआब्जा वितरण को विषय ले राष्ट्रिय सरोकार र छलफल को रूप लिएकोले यो वार्ड को वार्ड अध्यक्ष अरु भन्दा धेरै महत्वपूर्ण रहने छ। यस भन्दा अगाडि यो वार्ड को वार्ड अध्यक्ष को जिम्मेवारी नेकपा एमालेका बोधराज न्याैपाने ले पाएका थिए।न्याैपाने ले क्लिन पार्क बाट विडित को आवाजको सुनुवाई नगरेकोले यसपटक दमक ,१० का बासिन्दाले कांग्रेस का युवा नेता राजेन्द्र भण्डारी लाई विजय गराएका छन्।

दमक नगरपालिका को वार्ड नम्बर १० मा पाँच वर्षसम्म वार्ड अध्यक्ष को जिम्मेवारी मा रहदा न्यौपाने ले आफूखुसी निर्णय गरेको ,हरेक निर्णयमा एमालेकरण गरेको,क्लिन पार्क पीडित को जग्गाको कम् मूल्याङ्कन गराई स्थानिय लाई सुकुम्बासी बनाएको र सो कार्य निरन्तरता दिन पुन एमालेले यसपाली पनि वार्ड अध्यक्ष मा न्याैपाने लाई नै अघि सारेको थियो।न्यौपाने केपी ओली का विश्वास पात्र स्थानिय नेता हुन्।स्थानिय निकाय निर्वाचन २०७९ मा दमक नगरपालिका वार्ड नम्बर १० मा एमाले बाट बोधराज न्याैपाने ले नै वार्ड अध्यक्ष को टिकट पाएका थिए भने गठबंधन बाट नेपाली कांग्रेस का युवा नेता राजेन्द्र भण्डारी ले वार्ड अध्यक्ष को टिकट पाएका थिए।

भण्डारी दमक १० का नेपाली कांग्रेस का यूवा र लोकप्रिय नेता हुन्।सर्वत्र चर्चा र चासोको रुपमा हेरिएको दमक १० मा १५५६ मत ल्याई कांग्रेस का राजेन्द्र भण्डारी विजय भए।भण्डारीका प्रतिपक्षी न्यौपानेले १३६७ मत ल्याएका थिए। आगामि दिनहरुमा भण्डारी को सामु राष्ट्रिय सरोकार को विषय दमक क्लिन पार्क को मुआब्जा वितरण मुद्धा ले बहस पाउने स्थानीय कोj आसा रहेको दमक १० का युवा नेता रोम भण्डारी ले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here