रोङ ,
रोङ गाउँपालिकामा निर्वाचित उपाध्यक्ष वडाध्यक्ष र सदस्यहरुले आज सफत ग्रहण गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले पदभार गरे लगत्तै उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुलाइ सफत गराएका थिए ।
सफत लिए लगत्तै उपाध्यक्ष बिण्णु माया भुजेलले पदभार ग्रहण गरेका थिए ।निर्वाचित अध्यक्ष स्याङ्वोलाई गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत दिपेन्द्र दहाल,शाखा प्रमुखहरु ,नेपाली काग्रेसका नेता एगा अर्याल ,नेकपा एसका बृहस्पति खतिवडा लगायतको सहभागिता रहेको थियो । उपाध्यक्षलाई अध्यक्ष स्याङ्वो, प्रमुख प्रशासकिय अधिकृत दहाल कर्मचारीहरु राजनीतिक दतका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।पदभारसगै अध्यक्ष स्याङ्वोले गाउँपालिकाको बिभिन्न स्थानमा रहेको पर्ति जग्गामा बृक्षारोपण गरि त्यसको आम्दानी बिद्यालयहरुमा सहयोग गर्ने घोषणा गरेका छन् ।































