चिनियाँ लडाकु बिमान ताइवानको प्रतिरक्षा क्षेत्रमा घुसपैठ

0
318

चीनले ताइवानको हवाई ३० वटा लडाकु विमान पठाएपछि त्यसलाई चेतावनी दिन ताइवानले समेत लडाकु विमानहरू पठाएको जनाएको छ। सोमवारको उक्त घटना ज्यानुअरी यताको सबैभन्दा ठूलो अतिक्रमण हो।

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनलाई ताइवानमाथि अतिक्रमण नगर्न चेतावनी दिएको केही दिनपछि र एक अमेरिकी अधिकारी उक्त टापुमा त्यहाँका नेताहरूसँग सुरक्षाका विषय छलफल गर्न पुगेकै दिन यस्तो भएको हो।

चीनले आफ्ना हवाई मिशनहरूलाई पछिल्ला महिनामा बढाएको छ जसलाई उसले सैन्य अभ्यास भन्दै आएको छ। ती कदमले ताइवानलाई क्रुद्ध पार्नुका साथै उक्त क्षेत्रमा तनाव बढाएको छ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएर गएको एउटा प्रान्त ठान्छ र आवश्यक परेको बेला बलपूर्वक त्यसलाई लिन सक्ने बताउँछ।

पछिल्लो घटनामा २२ वटा लडाकु विमानका साथै विद्युतीय युद्ध, पूर्व चेतावनी दिन र पनडुब्बीमा प्रहार गर्न सक्ने विमान प्रयोग भएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। साे मन्त्रालयले उपलब्ध गराएको नक्सा अनुसार विमान प्रतास टापुको उत्तरपूर्वी क्षेत्रमा उडेको थियो जुन ताइवानको एअर डिफेन्स आइडेन्टिफिकेसन क्षेत्र (एडिआईजेड)को एउटा हिस्सा हो।

तर विमानहरू ताइवानको हवाई क्षेत्रलाई भने काटेनन् जसलाई आक्रामक व्यवहारको रूपमा लिन सकिन्थ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here