पहिलो कार्यपालिका समितिमा २ वटा समिति गठन

0
444

गणेश अर्याल
इलाम, इलामको रोङ गाउपालिकामा कार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले बिभिन्न निर्णयगरेको छ । बैठकले आगामी आर्थिक बर्षको बजेट निर्माणको लागि श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति गठन गरेको छ ।

गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोको सम्योजकत्वमा बनेको सो समितिको सदस्यहरुमा उपाध्यक्ष बिष्णुमाया खवास सहित कार्यपालिका सदस्यहरु युवराज खाप्तुवा राई, मात्रिका बराल, दलबहादुर पुलामी, इन्दिरा बिश्वकर्मा र सदस्य सचिबमा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाल रहेका छन् । त्यसैगरी स्थानीय राजस्व परामर्श समितिपनि गठन भएको छ । उपाध्यक्ष बिष्णुमाया खवासको सम्योजकत्वमा चन्द्र शेखर घिमिर,े लक्ष्मी नेपाली र प्रमुख प्रशाकीय अधिकृत दिपेन्द्र दाहाल सदस्य रहनेगरी समिति बनेको छ । गाउपालिका अध्यक्ष मणीकुमार स्याङबोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले स्थानीय तहको निर्बाचन सफल गराउन सहयोग गर्ने मतदाता, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायत सबैलाई धन्यबाद दिने समेत निर्णय गरेको कार्यपालिका सदस्य युवराज खाप्तुवा राईले बताए ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनमा रोङको गाउसभामा एक अध्यक्ष र ३ वडाध्यक्ष सहित नेपाली काग्रेसबाट १० जना निर्बाचित भएका थिए । त्यसैगरी नेकपा एमाले बाट एक उपाध्यक्ष र २ वडा अध्यक्ष सहित २० जना निर्बाचित भएका थिए । स्वतन्त्र उम्मेद्वार एक जना वडा अध्यक्ष सहित जम्मा २ जना निर्बाचित भए । गाउ कार्यपालिकामा निर्बाचित वडा सदस्यहरुबाट ४ जना निर्बाचित हुने ब्यवस्था अनुसार एमालेबाटै इन्दिरा बिश्वकर्मा, लक्ष्मी नेपाली, मिनादेबी तामाङ र नानु तामाङ कार्यपालिकामा सदस्य भएका छन् , त्यसैगरी २ जना सदस्य थप गर्ने ब्यवस्था अनुसार एमाले बाट नै युवराज खाप्तुवा राई र दया कुमारी दियाली चयन भएपछि कार्यपालिकामा एमाले बाट ९ जना, नेपाली काग्रेस बाट ४ जना र स्वतन्त्र १ जनाले कार्यपालिकाको बैठकमा प्रतिनिधित्व गर्दैछन् ।

चौध सदस्यीय कार्यपालिकामा नेपाली काग्रेस बाट गाउपालिका अध्यक्ष सहित वडा नम्बर १, ३ र ५ नम्बरका वडा अध्यक्षहरु सदस्य रहने छन् भने एमाले बाट एक जना उपाध्यक्ष सहित वडा नम्बर ४ र ६ का वडा अध्यक्षहरु सदस्य हुने छन् । त्यसैगरी गाउसभामा एमालेको प्रष्ट बहुमत रहेकाले थप हुने ६ जना सदस्य एमालेकै हुने निश्चित हुदा कार्यपालिकामा एमालेको ९ जना र नेपाली काग्रेसको ४ जना तथा वडा नम्बर २ बाट स्वतन्त्र उम्मेद्वारी दिइ बिजेता बनेका वडा अध्यक्ष एक जना रहने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here