टेलिकम भन्छ – अप्टिकल फाइबर तारहरु चोरी हुने क्रम बढ्यो

0
317

झापा, बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमखहरुसंग शुक्रवार छलफल गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले टेलिकमका अप्टीकल फाइबर तारहरु चोरीहुने क्रम बढ्दै गएको बताउनु भयो । उहाँले पछिल्लो एक महिना भित्रमा ७ स्थानबाट टेलिकमको तार चोरीहुँदा सेवा अवरुद्व हुनुकासाथै ठुलो नोक्सानी भएको जानकारी दिनु भयो । यस्तै उहाँले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले विद्युत तथा टेलिकमका पोलमा आफुखुशी राखेका तारहरु हटाउनु पर्नेमा जोड दिनु भयो ।

यस्तै नेपाल विद्युत प्राधिकरण अनारमनिका प्रमुख सुधिरकुमार रायले सडक बिस्तार तथा निर्माण गर्दा त्यसभित्र परेका विद्युतका पोलहरु सार्नु पर्ने र त्यसका लागि पूर्व जानकारी नहुँदा बजेट अभावकाकारण समस्या भएको बताउनु भयो । यस्तै उहाँले पोल स्थाननन्तरण गर्दा प्रक्रिया लामो तथा झञ्जटिलो हुने भएकोले त्यसको प्रकृयालाई छोटो बनाउनु पर्नेमा जोड दिनु भयो ।
छलफल कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवरले बिर्तामोडमा ९६ वटा सिसि क्यामेरा जडान भएपनि गुणस्तरीय कुनै पनि नरहेको बनाउनु भयो । बिर्तामोडमा बाइक चोरीका घटना बढेको भन्दै उहाँले मुख्यसडकको प्रवेशद्वारमा समेत सिसि क्यामेर अनिवार्य जडान गर्नु पर्ने बताउनु भयो । सम्भव भएसम्म नाइटभिजन क्यामेरा जडान गर्नु पर्नेमा उहाँको जोड थियो । सिमित जनशक्ति र सवारी साधन बावजूत पनि प्रहरीले काम गरीरहेको भन्दै उहाँले बिर्तामोडमा लागुऔषधका घटनामा समेत वृद्वीहुँदै गएकाले यसको न्युनिकरणको लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भयो ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बिर्तामोडमा पार्किङको अभाव रहेकोले यसको व्यवस्थापन गर्नु पर्ने बताउनु भयो । उहाँले सडकमा जडान गरीएका सिसि क्यामेरा कमसल भएकैकारण दुर्घटना गराउने व्याक्तिको पहिचान गर्न गाह्रो भएको बताउनु भयो । प्रमुख जवेगुले सडक वक्ति मर्मत तथा जडान गर्नु पर्ने, दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम ल्याउनु पर्ने,फुटपाथ व्यवसायको व्यवस्थापन गर्नु पर्ने जस्ता समस्याका बारेमा अवगत गराउनु भयो ।

यस्तै जिल्ला साकोस संघका सचिव यामकुमार चुँडालले सहकारीको माध्यमबाट किसानहरुलाई कम व्याजदरमा क्रण उपलव्ध गराउनु पर्ने लगायत सहकारीको माध्यमबाट गर्न सकिने ठोस योजनाहरु बनाउनु पर्नेमा जोड दिनु भयो । छलफलमा कृषि सामाग्री कम्पनी,साल्ड ट्रेडिङ,प्यावसन,एन प्यावसन,मेची यातायात व्यवस्था कार्यालय लगायतका प्रमुख,प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
छलफलमा सहभागिहरुलाई धन्यवाद दिँदै नगरप्रमुख प्रसाईले समस्या समाधानका लागि नगरपालिका गम्भिर रहेको बताउनु भयो । उहाँले सरोकारवालाहरुको उपयुक्त सल्लाह सुझावका आधारमा आगामि आर्थिक वर्ष २०७९÷८०का लागि नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here