झापा,
झापाको सदरमुकाम भद्रपुर– ८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा सम्भावित झडपलाई मध्येनजर गरी सुरक्षाकर्मी खटाइएको छ।
महेन्द्र शाह शालिक पुनस्स्थापना समितिले पार्कमा पूर्वराजा महेन्द्र शाहको शालिक राख्ने तयारी गरेको बुझिएपछि स्थानीय प्रशासनले बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरेको हो।
झापा प्रशासनले तत्काल शालिक नराख्न र राख्दा भद्रपुर नगरपालिकासँग समन्वय गरेर मात्रै कार्यक्रम अघि बढाउनुपर्ने भनी निर्णय गरिसकेको छ। तर, समिति भने झापा प्रशासनको निर्णयविपरीत पूर्वराजाको शालिक राख्न उद्यत् छ। शालिक राख्न तयारी गरेको समितिले शनिबार पार्कमा शनिबार सरसफाइ गरेको छ। दुवै पक्षको आ आफ्नै दाबी र प्रयासका बीच झडप हुन सक्ने अवस्थालाई मध्येनजर गरी सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्ने सम्भावित बाटोहरू पनि बन्द राखेका छन्।































