झापा, झापा र इलाममा छुट्टा छुट्टै फनपार्क सञ्चालन गर्दै आएका कनकाई नगरपालिकाका दिनेश शिवाकोटीे एक पछि अर्काे विवादमा तानिएका छन् । शिवाकोटीले झापाको कनकाई नगरपालिकामा केही वर्ष अघिदेखि सञ्चालनमा ल्याएको हेप्पी लेण्ड फनपार्कले नगरपालिकालाई मनोरञ्जन कर समेत नतिरेपछि विवादमा तानिएका हुन् । कनकाई नगरपालिका २ र ३ को सिमानामा हेप्पी लेण्ड फनपार्क सञ्चालनमा रहेको छ । उनले सो पार्कबाट वर्षेनि करोडौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
सुरुङ्गामा सञ्चालित फन पार्कबाट मनग्य आम्दानी लिइरहेका संचालक शिवाकोटीले इलामको माई नगरपालिका २ मा समेत चेप्टी फनपार्क सञ्चालनमा ल्याएका थिए । सो पार्क सञ्चालनका क्रममा उनले सामुदायिक वनको जमिन हडपेपछि विवादमा तानिएका हुन् । अहिले सो विषयलाई लिएर छानविन समिति समेत गठन भएको र गठित समितिले काम शुरु गरेको बताइएको छ ।
सिवाकोटीले कनकाई नगरपालिकाले मनोरञ्जन कर वुझाउन पटक पटक तागेता गर्दा समेत उनले कर नतिरेको नगरपालिकाले जनाएको छ । कनकाई नगरपालिकाले तत्काल कर बुझाउन भनी पटक पटक सेल्फी डाँडो समेत भनिने ह्रयाप्पी लैण्ड फनपार्कलाई पत्र काटेपनि उनले अटेर गरिरहेको नगरपालिकाले जनाएको छ ।

कनकाई नगर पालिकाको मनोरञ्जन कर शीर्षकमा हरेक टिकटबाट ५ प्रतिशत रकम नगरपालिकालाई मनोरञ्जन करवापत तिर्नुपर्ने व्यावस्था छ ।
हैप्पी लैण्ड फनपार्क अर्थात सेल्फी डाँडाँले हालसम्म ५ बर्षमा कम्तीमा पनि करोडौ रुपैँया कर कनकाई नगरपालिकालाई तिर्नुपर्ने देखिन्छ । हैप्पी लैण्डले कम्तीमा २ सय र विशेष अवस्थामा ५ सय रुपैँया प्रतिटिकटको रकम लिएर मानिसहरु भित्र प्रवेश गराउने गरेको छ ।































