क्याम्पस स्तरीय मिनी म्याराथुन दौड प्रतियेगिता

0
568

भद्रपुर , विश्व वातावरण दिवसको सन्दर्भ पारेर झापाको भद्रपुर स्थित मेची बहुमुखि क्याम्पसले एक दिने क्याम्पस स्तरीय मिनी म्याराथुन दौड प्रतियेगिता सम्पन्न गरेको छ ।
क्याम्पस मातहत रहेको वातावरण विज्ञान विद्यार्थी समाज ( गोस) को आयोजनामा आइतवार क्याम्पसको विज्ञान शंकायको भवनबाट सम्पन्न प्रतियोगिताको उद्घाट भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गर्नु भएको थियो ।
उद्घाटन गर्दै प्रमुख पोखरेलले वातावरणको संरक्षण र सम्बर्धन गर्नु हामी सबैको कर्तव्य रहेको बताउदै स्वस्च्छ वातावरण निर्माण गर्न भद्रपुर नगरपालिकासदैव तत्पर रहेको बाताउनु भयो ।
क्याम्पस प्रमुख जीवन पोखरेलले सन्तुलीत वातावरण निर्माणमा भावी पुस्ताको योगदान महत्वपुर्ण रहेको बताउदै सफा र स्वस्च्छ वातावरण निर्माणका लागि विद्यार्थी भाइबैनीहरुको अपरिहारर्य भुमीका रहेको बताउनु भयो ।
प्रतियोगितामा क्याम्पसमा स्नातक तहमा अध्यानरत ६० जना छात्रछात्राहरुको सहभागिता रहेका थियो ।
दौढ प्रतियोगिता भद्रपुरको क्याम्पस मोड ,संगम चोक ,जनता चोक, गणेश मन्दिर हुदै रेडक्रस भवन बाट करिब ४ किलोमिटरको क्षेत्र सम्पन्न गरि पुनः क्याम्पसमा आएर समापन भएको थियो ।
शिक्षालाई विल्डिङ्गमा मात्र नभएर वतावरण मैत्री शिक्षा जुन पृथ्वीको दिगो विकाशमा सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता सम्पन्न गरिएको स्ववियु सभापति भुवन बुढाथोकीले बताउनु भयो ।
प्रतियोगिताको सहजीकरण मेची क्याम्पस भद्रपुरका स्ववियु सभापति बुढाथोकी, क्याम्पसका शिक्षक शिक्षिका कर्मचारी विद्यार्थी लगाएतले सहजीकरण गर्नु भएको थियो ।
आजै क्याम्पस प्रांगण भित्र बृक्षारोपण समेत गरिएको स्ववियु सभापति बुढाथोकीले बताउनु भयो । दिनेश भट्टरार्इृको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बेनुप राज खतिवडाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here