झापा, झापाको सदरमुकाम चन्द्रगढी स्थित भद्रपुर नगरपालीका भित्र रहेको उत्कृष्ट संस्थाको रुपमा परिचित सत्मिलन महिला समुहले संस्था स्थापनाको सन्दर्भ पारेर एक जना शिक्षासेवी तथा दाता एक जना सहित २ जनालई सम्मान गरेको छ ।
२०२७ साल देखि सदरमुकाम चन्द्रगढी स्थित विरेन्द्र माध्यामिक विद्यलयमा अध्यापन गराई सकेकी पुर्व शिक्षिका नवकुमारी खनाल र सस्थालाई सहयोग गर्ने दाता भुपालमान कार्कीलाई प्रमाण पत्र सहित विभिन्न साम्रगीहरु दिएर सम्मान गरिएको थियो ।
सोहि अबसरमा भद्रपुर नगरपालिका वार्ड नं ७ ८ र १० बाट निर्वाचित जन प्रतिनिहिरुलाई स्वागत सम्मान् समेत गरिएको छ ।
नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यृक्रममा उपप्रमुख राधा कार्की, वार्ड नं ७ का वार्ड अध्यक्ष अभिषेख ढुङ्गाना ,सम्मानीत शिक्षिका खनाल, लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा भद्रपुर ८ का वार्ड अध्यक्ष मनोज सुब्बा गौरब, समाजसेवी गोविन्द लम्साल, श्याम लेप्चा, नेपाली कांगे्रस नगर सचिव अनिता रिजाल, १० नं वार्ड सदस्य तुलसी पोखरेल , संगिता कोईराला , समाजसेवी पे्रम तामाङ्ग, सावित्रा न्यौपाने जगा दाता सुवास राजबंशी लगाएतको उपश्थिति रहेको थियो ।
कार्यक्रममा कुमारी राई ,सविता श्रेष्ठ, हेमा कन्दङ्गवा, शान्ति राइ ,ृदुर्गा लिम्बु लगाएतलाई नयां सदस्यता समेत प्रदान गरिएको थियो ।
समुहकी अध्यक्ष एशोदा कोईरालको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन मेनका शर्माले गर्नुभएको थियो ।































