समाजसेवी युवा आशिषको अगुवाईमा मृगौला रोग पीडित पूर्वफुटबलर प्रेमलाई सहयोग

0
391

बिर्तामोड । दुवै मृगौला खराब भएर उपचाररत पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रेमकुमार लिम्बू (कुमार) लाई आर्थिक सहयोग गरिएको छ ।

लिम्बूको उपचारमा सहयोग पुर्याउन धाइजन चारआली फुटबल क्लबले आज नगद सहयोग हस्तान्तरण गरेको हो ।

लिम्बूको घरनजिकै रहेको भद्रपुर १ हिमाली माविको खेलमैदानमा क्लबले नगद एक लाख २५ हजार रुपैयाँ प्रदान गरेको अध्यक्ष आशिष बनले जानकारी दिए ।

क्लबको संयोजनमा खेलप्रेमी तथा भेट्रान्स फुटबल खेलाडीबाट संकलन गरिएको सो रकम लिम्बूकी पत्नी माली लिम्बू र भाइ यामकुमार लिम्बूलाई हस्तान्तरण गरिएको थियो ।

लिम्बूको हाल काठमाडौँस्थित किस्ट अस्पतालमा उपचार भइरहेको उनकी पत्नी मालीले जानकारी दिइन् ।

क्लबले यसअघि पनि खेलाडी तथा पूर्वखेलाडीहरुलाई सामाजिक तथा आर्थिक सहयोग गर्दै आएको छ ।

लिम्बूको जीवनरक्षाका लागि यामकुमारको संयोजकत्वमा सहयोग समिति निर्माण गरिएको छ भने स्थानीय केके एफसी युनाइटेड क्लबले आर्थिक सहयोग संकलनमा भूमिका खेल्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here