पथरी खानेपानीको अध्यक्षमा जयराम विष्ट सर्वसम्मत निर्वाचित

0
349

पथरीशनिश्चरे,

पूर्वोत्तर मोरङको पथरीशनिश्चरे नगरस्थित पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाको नवौं साधारण सभाले अध्यक्षमा जयराम बिष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा वेदनिधि खनाल, सचिवमा महेन्द्रकुमार राई, सहसचिवमा कुलमाया तिम्सिना भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद दुलाल चयन भएका हुन् । उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा ठम्बरबहादुर खत्रीले मनोनयन दर्ता गरेपनि फिर्ता लिएपछि सम्पूर्ण समिति सर्वसम्मत चयन भएकाे हाे ।

त्यसैगरी, खुल्ला सदस्यहरुमा क्रमश: महेश विष्ट, रामकुमार राई, महिला सदस्यहरुमा भोजकुमारी लावती र शोभा तिम्सिना चयन भएका छन् । लेखा समिति संयोजकमा शान्तिराम तिम्सिना, सदस्यहरुमा रामप्रसाद परियार र लुमा खड्का चयन भएका हुन् ।

संस्थाको ९ औं साधारण सभाको खुल्लासत्र हिजो (फागुन २८) नर्वदेश्वर मन्दिरको हलमा भएको थियो । निर्वाचत आज तोकिएको थियो । केही पद बाहेक अधिकांश पदमा निर्विरोध र आवश्यकभन्दा बढी परेको उम्मेदवारी दिनेहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि समिति सर्बसम्मत भएको निर्वाचन समितिको संयोजक अर्जुन बुढाथोकीले बताएका छन् ।

निर्वाचित पदाधिकारी सदस्यहरुलाई आइतबारै पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । सपथ ग्रहण कार्यक्रममा पथरीशनिश्चरे नगरको निवर्तमान उपप्रमुख यमुना बिष्ट बस्तोला, कार्यपालिका सदस्य वीरध्वज सिवा लगायतको उपस्थिति रहेको थियो ।

सपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष जय बिष्टले उपभोक्तालाई सफा खानेपानी वितरणमा मुख्य जोड दिइने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई १ नं. वडा अध्यक्ष भीमकुमार राई, निवर्तमान अध्यक्ष वीरबहादुर बस्नेत लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here