शिवसताक्षीमा ‘ड्रायर मेशिन’ र मल उत्पादन केन्द्र स्थापना गर्ने: मन्त्री मगर

0
229

विनोद सापकोटा,
शिवसताक्षी।

एक नम्बर प्रदेशका कृषि मन्त्री झलकवहादुर मगरले शिवसताक्षी नगरका किसानका लागि धान सुकाउने ड्रायर मेशिन प्रदेश सरकारले अनुदानमा उपलब्ध गराउने बताएका छन् ।

शिवसताक्षी नगरका अधिकांस भुभागमा हिउँदे र बर्खे दुबै फसलमा धान उत्पादन हुने गरेको छ । हिउँदे धान भन्दा पनि बर्खे धान जोगाउन मौषमका कारण किसानलाई धौधौ हुने गरेको छ । मन्त्री मगरले भने, ढुक्क हुनुहोस् । तपाईँको धान चिसोका कारण अब कुहिदैन ।’

प्रदेश सरकारले अनुदानमा उपलब्ध गराउने ड्रायर मेशिन नगरमा आएपछि यहाँका हजारौं किसानले राहत पाउने छन् । ड्रायर मेसिनले किसानले उत्पादन गरेको धान आवश्यक्ता अनुसार सुकाउने काम गर्छ ।

किसानले बर्खे धान सुकाएर बिक्रि गर्न पाएका थिएनन् । व्यापारीकै मुल्यमा बर्खे धानको खरिद बिक्रि हुने गरेको थियो । ड्रायर मेशिन नगरमा आएपछि किसानका समस्या सधैका लागि समाधान हुने भएको छ ।

‘म पोजेटिभ छु । ड्रायर मेशिनका लागि मैले प्रदेश सरकार समक्ष प्रस्ताव पेस गरेको छु । संचालनका लागि नगरले जनशक्ति उपलब्ध गराए किसानका धान सुकाउने ड्रायर मेशिन उपलब्ध हुने छ ।’

मन्त्री मगरले कृषि उत्पादन वढाउन रासायनिक मलको सट्टा जैविक मल उत्पादनमा जोड दिनुपर्ने पनि बताएका छन् । उनले भने, ‘माटोको उर्वराशक्ति बढाउन रासायनिक मल भन्दा पनि जैविक मल प्रभावकारी हुन्छ ।’ त्यसको उत्पादन नगर भित्रै हुनुपर्ने उनले जोड दिएका छन् । शिवसताक्षी नगरपालिकाले ईच्छा देखाए जैविक मल उत्पादन केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री मगरले ठोकुवा गरे ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले गोपाल गौरी दिगो विकास प्रतिष्ठानले नगरमा पुर्याएको योगदानको खुलेर प्रसंशा गरेका छन् । ‘कोरोनाकाले मुलुक आक्रांन्त बनेको बेला प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम स्वास्थ्य सामाग्री र खाद्यन्न लिएर घर घरै पुगेको हामीलाई थाहा छ । उहाँको योगदान नगरलाई अतुलनिय छ,’ नगर प्रमुख थोप्राले भने ।

प्रतिष्ठान र पालिकाको साझेदारीमा विभिन्न कार्यक्रम मार्फत नगरबासीलाई शिप सिकाएर स्वरोजगार बनाउने अभियान नगरपालिकाले संचालन गर्ने उनले बतबाएका छन् । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले शिवसताक्षी नगरका नव निर्वाचित जन प्रतिनिधिलाई स्वागत र पूर्व जनप्रतिनिधिलाई मायाको चिनो दिएर सो कार्यक्रममा स्वागत तथा विदाई गरेको छ ।

प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रममा ०७९ बैसाख ३० गतेको निर्वाचनमा बिजेता भएका जनप्रतिनिधिलाई स्वागत गर्दे ०७४ को स्थानिय तहको निर्वाचनमा बिजयी भएर कार्यकाल सकेका जनप्रतिनिधिलाई विदाई गरेको हो ।

प्रतिष्ठानकी अध्यक्ष गौमतको अध्यक्षतामा भएको कार्यक्रममा माया भण्डारीले स्वागत र भद्रदुमी राईले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानलाई योगदान पुर्याउने विनोद सापकोटा, लिला अनमोल र केशव राज भण्डारीलाई प्रदेश मन्त्री मगर र शिवसताक्षीन नगरका प्रमुख थोप्राले सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here