रक्तदान गरेर स्थापना दिवस मनाइयो

0
566

बिर्तामोड ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको १३ औं स्थापना दिवसको अवसरमा झापाको बिर्तामोड स्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थापना दिवसको अवसरमा गरिएको रक्तदानमा ३२ जनाले रक्तदान गरेको बताइएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मेची आँखा अस्पतालको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मेची आँखा अस्पालतकी अध्यक्ष कविता कार्की (कडरिया) को अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड– ३ का जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।

बिर्तामोड–३ का अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालकी डेपुडी मेडीकल डाइरेक्टर डा. प्रभा बस्नेत(सुवेदी), अस्पतालका प्रशासन प्रमुख आलोक श्रेष्ठ, मेची आँखा अस्पताल संघका सचिव गणेश पोख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अस्पतालका कर्मचारी एवमु जिफन्टका प्रतिनिधि होमप्रसाद धितालले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मेची आँखा अस्पतालका सचिव पुष्पप्रसाद अधिकारीले गरेका थिए । सोही अवसरमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको चौथौ राष्ट्रिय अधिवेशनबाट केन्द्रिय सचिब पदमा निर्बाचित भएको भन्दै कार्कीलाई सम्मान गरिएको थियो ।

यसैबीच नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मेची आँखा अस्पतालले अस्पतालमा रहेका १५० जनाभन्दा धेरै बिरामीलाई फलफुल समेत वितरण गरेको अध्यक्ष कार्कीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here