काँकडभिट्टा-पानीटंयाकी सीमानजिक रेल दुर्घटनामा झापाका युवाको मृत्यु

0
521

झापा,

भारतमा रेल दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ।

झापाको काँकडभिट्टा-पानीटंयाकी सीमानजिकै रेल दुर्घटनामा मेचीनगर नगरपालिका-६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।

बिहीबार बेलुका साढे ७ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ। रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको विषयमा खोरीबारी थानाले अनुसन्धान गरिरहेको छ भने नेपाली युवकको शव हाल भारतमै रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here