नेकपा माओवादी केन्द्रका चार जना नेतालाई पितृशोक

0
401

झापा ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चारजना नेतालाई पितृशोक परेको छ ।

नेकपा (माओवादी केन्द्र) का नेताहरु प्रदेश नम्बर १ कमिटी उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय) र प्रदेश कमिटी सदस्य सदस्य अस्मिता तामाङका ससुरा बुवा,संविधानसभा सदस्य सुसिला कन्दन्वा र प्रदेश कमिटी सदस्य तथा झापा सह–इन्चार्ज रोशन कन्दङ्गवाका पिता जयबहादुर कन्दङवाको निधन भएको हो ।

अर्जुनधारा ११ स्थित बुट्टाबारी बस्दै आएका उनीहरुका पिताको हिजो (बिहीबार) भारतको सिलगडी स्थित न्युरो हस्पिटलमा निधन भएको थियो ।

स्व. पिता जयबहादुरको पार्थिक शरिर शुक्रवार (आज) कनकाई माई स्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here