पथरीमा एक वृद्धको उद्धारः स्वास्थ्यमा सुधार भएपछि घर पठाईयो

0
238

छविराज ढकाल,पथरीशनिश्चरे । 

पूर्व–पश्चिम राजमार्गको पथरी–शनिश्चरे जयचौक सडक खण्डको सडक किनारमा बेबारिसे अवस्थामा भेटिएका एक वृद्धको उद्धार भएको छ।

विहीवार बिहान सो सडक खण्डमा लडिरहेका सुनसरीको लौकही घर बताउने ६५ बर्षका बुल्चन बर्मेललाई ईलाका प्रहरी कार्यालय पथरीले उद्दार गरेको हो । अचेत तथा बेवारिसे अवस्थामा भेटिएका उनलाई पथरी प्रहरीले उद्दार गरि उपचारका लागि पथरी शनिश्चरे नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

बिहान ८ बजे उपचारका लागि भर्ना भएका वृद्ध वेलुकी ४ बजे अस्पतालबाट डिस्चार्ज भएका थिए। विगत ३–४ दिन अघिदेखि खाना नखाएर कमजोर भइ वोल्न समेत नसक्ने अवस्थामा भेटिएका वृद्धलाई नगर अस्पतालको आकस्मिक सेवामा उपचार सेवा प्रदान गरिएको नगरअस्पतालकी स्वास्थ्यकर्मी सुजता कट्टेल ढकालले बिताएकी छिन्।

उनका अनुसार अचेत अवस्थामा भेटिएका वृद्धलाई स्लाईन पानी चढाइएको, रगत सम्वन्धि सीआरवी, ईएसआर, एलएफटी , जस्ता विभिन्न जाँच पनि गरिएको थियो। दिउँसो हल्का किसिमको खाना र नास्ता समेत दुई पटक खुवाएपछि उनको स्वास्थ्यमा अपेक्षित सुधार हुदै गएपछि आवश्यक औषधि उपलब्ध गराई पुनः ईलाका प्रहरी कार्यालय पथरीलाई जिम्मा लगाईएको नगरअस्पतालका प्रमुख मुरारीप्रसाद आचार्यले बताउनुभयो।

सोहि सन्दर्भमा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतमले वृद्धलाई आवश्यक वातावरण तयार गरी सवारी साधन मार्फत घरसम्म पुर्याउने पहल गरिएको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here