यान्त्रीकरण गर्न सकेमात्र आम्दानीमा बढ्छ : मन्त्री दर्लामी

0
326

उमनाथ भण्डारी
कमल ।

प्रदेश नम्वर १ का कृषी मन्त्री झलक सिंह दर्लामीले परम्परागत खेती प्रणालीलाई यान्त्रीकरण गर्न सकेमात्र कृषको आम्दानीमा वृद्धीहुने बताउनु भएको छ ।

“धान वालीमा जैवीक विविधताको उपयोग, आयत प्रतिस्थापनमा सहयोग” भन्ने नाराकासाथ झापाको कमल गाउँपालिकाको आयोजना तथा लखनपुर साना किसान कृषी सहकारी सस्था र मुल कृषक समुहको व्यवस्थापनमा कमल गाउँपालिका वडा नम्वर ७ मा लालधन्द्रामा सम्पन्न १९ औं राष्ट्रिय धान दिवश २०७९ को उद्घाटन पछि आफुनो मन्तव्यका क्रममा मन्त्री दर्नालले सोकुरा बताउनु भएको हो ।

कृषीमा यान्त्रीकरणको प्रयोग गर्दै निर्वाहमुखी खेती लाई व्यावसायीकी करण गर्न सकेमात्र कृषको आम्दानीमा वृद्धीहुन्छ । नेपालमा दुईतिहाई जनता कृषी पेशामा आवद्ध भएपनि वर्षेनी धान चामल लगायत का खाध्यन्न आयत गरिरहेका छौ । हिजो आफ्ना बुबाले गरेको निर्वाहमुखी खेती आज छोराले पछ्याई रहेको छ । त्यसैले कृषक धनिहुन सकेका छैनन् । अव यान्त्रीकरणको प्रयोग गरेर मात्र कृषको आम्दानी बढाउन सकिने भएकोले यस्ता कार्यक्रम गरिएको मन्त्री दर्नालले बताउनु भयो ।

कमल वासी जनताको प्रगती र उन्नतीमा हामी लागि परेका छौ । त्यसैले सिचाईमा पचास प्रतिशत अनुदान दिईने निती ल्याउका छौ । कृषकको प्रगती र उन्नती नभए सम्म गाउँपालिकाको विकास सम्भव छैन त्यसैले पनि यो नयाँ प्रविधी भित्र्याएका र्छौ । यो प्रविधी मार्फत कृषानलाई धान रोप्दा लागत मुल्य घट्ने र उत्पादनमा समेत वृद्धी हुने भएकोले १९ औं राष्ट्रिय धान दिवश २०७९को अवसरमा नयाँ प्रविधी बाट धना रोपेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

कृषी संग सबै कुरा जाडिएको छ । त्यसैले गाउँपालिकाले कृषिलाई आधुनिकिकरण गर्ने लक्ष्य लिएको छ । निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायीकी करण गर्न तर्फ गाउँपालिका लागी परेको छ । कृषकलाई व्यासायीक बनाउदै रसायनिक विषदीको प्रयोगलाई प्रतिस्थापन गर्दै आग्यनिक उत्पादनतर्फ समेत कमल गाउाँपलिका लागेको गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।

हाम्रो उत्पादन बढाउन आवश्यक छ । परम्परागत खेती गराईले कृषकलाई फाईदा छैन । यान्त्रिकरणको प्रयोगले कम लागतमा उत्पादन बढाउन सकिन्छ । कमल गाउँपालिकाले कृषीको क्षेत्रमा धेरै काम गरेको छ । रसायनीक विषादीलाई न्युनिकरण गर्दै आग्र्यनिक उत्पादन तर्फ गाउँपालिका लागेको छ यो असाध्यै राम्रो काम हो । यदि कोही समुह वा कृषकले मसिनो धान लगाउन चाहेमा प्रदेशको तर्फ बाट आवश्यक सहयोग गर्ने प्रदेश नम्वर १ कृषी मन्त्रालयका सचिव मेघनाथ तिमल्सिनाले बताउनु भयो ।

कृषीमा आयतलाई प्रतिस्थापन गरी उत्पादन बढाउने तर्फ गाउँपालिका जहिलै लागी परेको छ । त्यसैले गाउँपालिकाले निति तथा कार्यक्रम तथा बजेटमा कृषीलाई समेटेको छ । कमल वासी जनताको मुख्या पेशा कृषी भएपनी निर्वाहमुखी मात्र रहेकोले त्यसलाई व्यावसायीकीकरण गर्नकालागी गाउँपालिका लागि परेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले बताउनु भयो ।

१९ औं राष्ट्रिय धान दिवश २०७९ कार्यक्रममा कमल गाउँपालिकाका जनप्रतिनिधी,तथा कर्मचारी प्रदेश नम्वर १ कृषी मन्त्रालयका सचिव मेगनाथ तिमल्सिना, कृषी ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्ट , मुल कृषक समुह समितीका प्रतिनिधी लगायतको उपीसथती रहेको थियो । कार्यक्रम कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र वोहोराले सन्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here