पथरीशनिश्चरे-४ मा भीआइए परीक्षण

0
327

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरस्थित वडा नं ४ को आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट पनि महिलाहरुको स्वास्थ्य सम्बन्धी भीआइए परीक्षण सुरु भएको छ ।

आज सोमबार एक कार्यक्रमका बिच नगर उपप्रमुख देवीमाया काफ्लेले उद्घाटन गर्नुभएको हो। दैनिक सुचारु हुने यो सेवाअन्तर्गत पहिलो दिन ९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

उक्त अवसरमा १० नम्बर वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ सहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अहेव ममता माझीको अगुवाईमा आङ खस्ने, फिस्टुला, स्तन क्यान्सर, पाठेघरको क्यान्सर सहितको परीक्षण सुरु भएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here