पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरस्थित अपाङ्गता भएकाहरुका लागि परिचयपत्र वितरण समितिले पछिल्लो अवधिमा ९ जनालाई परिचयपत्र वितरण गरेको छ ।
परिचयपत्र वितरण समिति संयोजक नगर उपप्रमुख देवीमाया काफ्लेको अगुवाईमा परिचयपत्र वितरण भएको हो । दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएपछि हालसम्ममा २ पटक परिचय पत्र वितरण भएको छ।
सोमबार एउटा रातो र अन्य ३ वटा नीलो गरी ४ वटा परिचयपत्र वितरण भएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाउनु भयो । अघिल्लो पटक ५ जनालाई परिचयपत्र वितरण गरिएको थियो।
प्रत्येक महिनाको १० र २० गते नयाँ परिचयपत्र वितरण तथा पुरानो नविकरण कार्य हुँदै आएको छ । नगर अस्पतालका डाक्टर सहितको समितिको टोलीले यस अघि जाँच भएका कागजात समेत हेरेर मापदण्डका आधारमा अपाङ्गता भएकाहरुको अवस्था र परिचयपत्रको प्रकार निर्क्याेल गरी परिचयपत्र वितरण हुँदै आएको छ ।































