पथरीशनिश्चरे,

मोरङका पथरीशनिश्चरे वडा नं ८ मा मोठकायम नभएका जग्गाहरुको नापी तथा वडा कार्यालयबाट सिफारिस गर्ने काम धमाधम भइरहेको छ ।
यस अघिको आयोगले फिल्डबुक बनाएको तर मोठकायम नभएका जग्गाको नापी र बडा कार्यालयबाट सिफारिस गर्ने कार्य भइरहेको हो।

जिल्ला भुमि आयोग मोरङ्गले खटाई पठाएका ६ जना प्राबिधिकहरु संग-सगै वडा नम्बर -८ का वडाध्यक्ष नवीन कार्की सहित सबै वडा सदस्यहरू फिल्डमा नै लागी परेर उक्त कार्यलाई तिब्रता दिईरहेका छन् ।
प्राविधिकहरुको सहकार्यमा चाँडै फिल्डमा खटेर जतिसक्दो छिटो जनतालाई जग्गाको मालिक बनाउने उद्देश्यले हाल अफिस समय बाहेकको बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म अहोरात्र खटिरहेको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभयो।































