काठमाण्डौं ।

अरु देशलाई दुई तरिकाले जित्न सकिन्छ। त्यो भनेको एउटा युद्धको माध्यमबाट वा ऋणको भार बोकाएर। पछिल्लो समय चीनले अवलम्बन गरेको नीतिका कारण आज चीन विश्वमा आधिकारीक ऋणदाता बन्न पुगेको छ।
चीनले विश्वमा अन्य देशलाई ऋण उपलब्ध गराउने विश्व बैंक, विदेशी मुद्रा कोष र आर्थिक सहयोग तथा विकास संगठन ९ओइसीडी० ऋणदाता राष्ट्र जस्ता अन्तर्राष्ट्रिय रूपमा स्थापित ऋणदातालाई पनि उछिनेको छ। चीनको ऋणको ठूलो हिस्सा ऋण लिने अन्य देशको सडक, रेलमार्ग र बन्दरगाह जस्ता ठूला पूर्वाधार परियोजना अन्तर्गत रहेको छ।
राष्ट्रपति सी जिनपिङको बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत खानी तथा ऊर्जा उद्योगसँग सम्बन्धिमा पनि अन्य देशलाई ऋण उपलब्ध गराउँदै आएको छ। अन्य देशलाई ऋण दिन चीनले आफनो अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर रहेको आफ्नो नीति अवलम्वन गरेको छ। जस अनुरुप ऋण लिने देशको आर्थिक अवस्था मूल्यांकन नगरी उसले ऋण दिन आनाकानी गर्ने गर्छ।
एक सर्वेक्षणले देखाए अनुसार चीनले सहायताका रुपमा र न्युन ब्याजदरमा अन्य देशलाई ऋण उपलब्ध गराउने गरेको छैन्। उसले आफ्नो पूर्वाधारमा लगानी गर्न निजी पूँजी बजार जस्ता बजार दर ऋणमा लगानी गर्ने गर्दछ। चिनियाँ सरकारी ढुकुटीबाट उसले ऋण प्रवाह गर्दैन।






























