झापा, 
झापाका पुराना छापाखाना (अपसेट प्रेस) व्यवसायी तथा पूर्बाञ्चल दैनिकका सहयोगी एबम् बरिष्ठ प्राविधिक देवराज गौतमलाई मातृशोक परेको छ ।
झापाको बिर्तामोड नगरपालिका ३ शैनिकमोड निवासी गौतमकी आमा भवानीदेवी गौतमको ८१ वर्षको उमेरमा निधन भएको हो । केही समय अघिदेखि पाठेघरमा समस्या भएर उपचाररत रहनु भएकी गौतमको असार २२ गते निवासमा नै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
१५ वर्ष अघि नै श्रीमान् लक्ष्मीप्रसाद गौतमको निधन भएसंगै तीन छोरा र ४ छोरीको साथमा रहेकी गौतमको जन्म १९९८ साल असारमा भएको थियो ।
गौतमका तीन छोरा वुहारीहरुमा देवराज – रेणुका, श्याम प्रसाद – कल्पना र दिलिप उर्मिला रहेका छन् । चार छोरीहरुमा टिकादेवी निरौला, खिनमाया गौतम, तिलरुपा तिम्सिना र उमा दाहाल रहेका छन् ।
१० नाति नातिना र ६ जना पनाति पनातिना रहेका स्व गौतम समाजकै उग्रज र सहयोगी रहेकी थिइन् ।
गौतमका जेठा छोरा देवराज पूर्वाञ्चल दैनिकमा लामो समयसम्म सिनियर प्राविधिकको रुपमा कार्यरत थिए भने नेपाल प्रेस युनियन र गौतम समाजमा आवद्ध छन् ।































