बिर्तामोड, एप्पल ब्राण्डका सामग्रीहरुको विक्री वितरण र मर्मत गर्ने गरि पहिलो पटक झापाको बिर्तामोडमा ओलिज स्टोर्स संचालनमा आएको छ ।
व्यवसायीहरु चेतनप्रसाद ओली र लोकेश ओलीले शनिश्चरेरोड बिर्तामोडको महानन्द चौकमा ओलिज स्टोर्स संचालनमा ल्याएका हुन् । ओलिज स्टोर्सको उद्घाटन अर्जुनधाराका मेयर वलदेवसिंह गोम्देनले गरेका थिए ।
एप्पल ब्राण्डका सामग्रीहरुको पसल झापामा नहुँदा सामान्य समस्याका लागि काठमाडौ जानुपर्ने अवस्था रहेकोमा ओलिज स्टोर्स संचालनमा आएपछि एप्पल ब्राण्डका मोवाई, आइफोन लगायतका सामग्री खरिद गर्ने उपभोक्ताका लागि सहज हुने ओलिज स्टोर्स संचालक लोकेश ओलीले बताए ।
ओलिज स्टोर्समा एप्पलका आइप्याड, आइम्याक, डेक्सस्टप र अन्य ब्राण्डका सामग्रीहरुको विक्री तथा मर्मत गर्ने उनले बताए । एप्पल ब्राण्डको सामाग्रीहरुका प्रयोगकर्तालाई ध्यानमा राखेर सहज रुपमा विक्री वितरण र मर्मत झापामै सहज रुपमा होस् भन्ने उद्देश्य राखेर ओलिज स्टोर्स संचालनमा ल्याएको सञ्चालक चेतनप्रसाद ओलिले बताए ।‘
सामान्य समस्य आउदाँ मर्मतका लागी अन्यत्र जानुपर्ने अवस्था थियो, अव एप्पल ब्राण्डका सामाग्रीहरु झापामै हुने हुँदा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए । ओलिज स्टोर्सका संचालक लोकेश ओलीले झापामा पहिलो पटक ओलिज स्टोर्स संचालनमा आएपछि एप्पल ब्राण्डको सामाग्री किन्न र जानकारी लिन सहज हुने बताए ।





























