छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख एवम् योजना अनुगमन संयोजक देवीमाया काफ्लेसहितको टोलीले पथरीशनिश्चरे -१ स्थित पञ्चायत माविका नवनिर्मित भवनको अनुगमन गरेको छ ।
आज बुधवार संयोजक उप-प्रमुख काफ्ले तथा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितको टोलीले उक्त विद्यालयको २ वटा योजनाको अनुगमन गरेको हो । प्रदेश सरकारको २ करोड रुपैयाँको लागतमा २ तले ४८ कोठे सुविधासम्पन्न भवनको बौद्धिक अपाङगताको आवासीय भवनको दोस्रो तलाको आजै छत ढलान पनि भैरहँदा अनुगमन पनि भएको छ ।
पूर्वोत्तर मोरङमा शैक्षिक गुणस्तर पठनपाठनको क्षेत्रमा अब्बल मानिदैं आएको उक्त विद्यालयको अन्य भौतिक पूर्वाधारहरुको विकासका लागि नमूना विद्यालय कार्यक्रमअन्तर्गत सरकारको ७० लाख रूपैयाँ बराबरको बजेट उपलब्ध गराएको थियो ।
सोहि बजेटको लागतमा सम्पन्न ४ कोठे भवन र शौचालय निर्माण योजनाको पनि अनुगमन भएको विद्यालय प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनु भयो ।





























