झापा, राष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला अध्यक्षमा उमेश खरेल चयन भएका छन् । बिर्तामोडमा विहीवार सम्पन्न जिल्ला भेलाबाट खरेल अध्यक्षमा चयन भएका हुन् । त्यस्तै सचिवमा प्रकाश पाठक चयन भएका छन् । पाठक बाह्रदशी गाउँपालिका ३ का स्थायी वासिन्दा हुन् । लामो समयसम्म सञ्चारकर्ममा क्रियाशील उनी लामिछानेसंगै राजनीतिमा होमिएका हुन् ।
बिर्तामोडमा सम्पन्न भेलाले एक महिला सहित झापाका १५ वटै पालिकामा एक ÷एक जना संयोजक चयन गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेको उपस्थितिमा बिर्तामोडमा सम्पन्न बन्द सत्रले जिल्ला स्तरीय समिति गठन गरेको हो । यस अघि आयोजित सभामा झापाका १० जनाले मेरो परिकल्पनाको देश शीर्षकमा आ– आफ्नो भनाई राखेका थिए ।
त्यस्तै पार्टीका अध्यक्ष लामिछानेले अबदेखि आफूले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गर्दै उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताएका छन् ।
लामिछानेले नेपाली उत्पादनलाई प्रर्वधन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
बिर्तामोडमा भण्डारी
राष्ट्रिय स्वतन्त्र पार्टीको बिर्तामोड नगर समिति संयोजकमा शम्भू प्रसाद भण्डारी चयन भएका छन् । सदस्यहरुमा क्रमश ः गोविन्द प्रसाद भट्टराई, मनोज राजवंशी, भेषराज तिम्सिना, चुडामणी मिश्र, कल्पना थापा बस्नेत, तीर्थ कुमारी वस्नेत रहेका छन् ।
बाह्रदशीमा बजगाई
राष्ट्रिय स्वतन्त्र पार्टीको बाह्रदशी गाउँपालिका संयोजकमा सोमनाथ बजगाइर्ए चयन भएका छन् ।




























