पथरीशनिश्चरे(जयचाेक)मा कृर्षिजन्य उत्पादनका लागि बिक्री केन्द्र स्थापना गरिने

0
261

पथरीशनिश्चरे,

पथरीशनिश्चरे बडा -२ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत जयचोकमा कृषि विक्री केन्द्र स्थापना गरिने भएको छ ।

कृषकहरूले उत्पादन गरेका माैसमी सब्जीहरु लगायतका कृषिजन्य उपादनहरूको बजारीकरण गर्नका लागि केन्द्रको स्थापना हुने भएको हो ।

विहीवार साे स्थानमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु तथा जयचाेक युवा क्लवका पदाधिकारीहरुको उपस्थितिमा आवश्यक सरसफाई भएको थियो ।

उक्त बिक्री केन्द्र स्थापनाका लागि वडा नं २ काे वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को १० लाख रुपैयाँ विनियोजन गरिएको वडा अध्यक्ष नैनासिंह राईले बताउनुभयो।

उक्त केन्द्र स्थापनाका लागि चौतारी सामु‌दायिक वन , जयचाेक यूथ समूह तथा वडा नं २ का पदाधिकारीहरुको सामूहिक प्रयासबाट जिल्ला वन कार्यालय मोरङसमक्ष पहल भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here