वाल्मीकिमा भानुजयन्ती

0
233

बिर्तामोड, असार ३०। आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा बिर्तामोडस्थित वाल्मीकि एजुकेशन फाउण्डेशनमा रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
स्थापनाकालदेखि नै विशेष पर्वका रुपमा मनाउँदै आएको सो विद्यालयले यसपटक विभिन्न समूह निर्माण गरी भानुभक्तीय रामायणको सश्वर वाचन प्रतियोगिता सम्पन्न गरेको हो ।
विद्यालयका भाइस प्रिन्सिपल सुबोध लामाको सभापतित्व एवम् सञ्चारकर्मी लक्ष्मण ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मौलिक कविता एवम् कविता वाचन प्रतियोगिता, तथा नाट्यांश समेत प्रस्तुत गरिएको थियो । वाल्मीकि स्कूलको नेपाली विभागका शिक्षकहरुको निर्देशन, सहयोग तथा समन्वयमा आयोजित सो प्रतियोगिताको रामायण वाचनतर्फ मनिका भण्डारी, प्रज्ज्वल चौहान, तेजस्वी पोखरेल र दिनेश प्रसाईको समूह प्रथम भएको थियो ।
त्यसैगरी अनुष्का घिमिरे, स्नेहा पौडेल, मनत थापा, समीक्षा दुलाल, कृपा नेपाल, सुदीक्षा अधिकारी, आयुषा भेटवाल र अर्पण दवाडीको टोली दोस्रो भएको थियो । रामायण वाचनतर्फ साइवा थापा, श्रेया थापा, विवश बस्नेत र संरचना प्रसाईंको टोली तेस्रो भएको थियो ।

नेपाली भाषा र साहित्यतर्फ रुचि जमाउने उद्देश्यले आयोजित मौलिक कविता सृजना तथा वाचन प्रतियोगितामा सिम्रन भुसाल पहिलो, स्यारोन भण्डारी दोस्रो र युवराज खरेल तेस्रो भएका थिए । त्यस्तै कविता वाचन प्रतियोगितामा कृशला आचार्य र श्रीभा भण्डारी पहिलो भएका थिए । त्यसैगरी आयुषा सेढाइ दोस्रो र अटलजंग साउदेन तेस्रो भएका थिए । शिक्षकहरुले कविता एवम् रामायण वाचन गरेको कार्यक्रममा विद्यार्थीहरुले गीत समेत प्रस्तुत गरेका थिए ।
आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्पार्पण गर्दै शुरु भएको कार्यक्रममा विद्यार्थी कृतिका आचार्यले स्वागत गरेकी थिइन् । समृद्धि समाल मगरले भानुभक्त आचार्यको योगदानसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
विद्यार्थीहरु शीतोष्णा तिम्सिना र रेमन घिमिरेले सञ्चालन गरेको कार्यक्रममा नेपाली विभागका शिक्षकहरुको समेत सहभागिता रहेको प्रिन्सिपल विष्णु सिंघमले जानकारी दिए । विद्यार्थीहरुमा नेपाली भाषाप्रति अनुराग जगाउने उद्देश्यले प्रत्येक वर्ष भानुजयन्ती विशेष ढंगले मनाउने गरिएको शिक्षक तथा कवि पुष्करनाथ उपाध्यायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here