दमकमा नगर सभामा उठेका विवाद सामधान गर्न कार्यपालिका वैठक माग

0
280

विष्णुप्रसाद पोखरेल
दमक, झापाको दमक नगरपालिकाको ११ औ नगर सभाको तेस्रो वैठकबाट समेत नीति तथा कार्यक्रम र बजेट पास हुन नसकेपछि अन्योल सिर्जना भएको छ । नगर सभाका ५५ जना सदस्यहरु मध्ये नेकपा एमालेकामात्र ४२ जना र बाँकी १३ जना राप्रपा सहितको गठबन्धन दलबाट निर्वाचित रहेकाछन् ।
नेकपा एमलेबाट निर्वाचित जनप्रतिनिधिहरुले पत्रकार मञ्च दमकको कार्यालय पत्रकार सम्मेलन गर्दै आफुहरु नगर सभालाई अनिर्णयको बन्दि बनाउने पक्षमा नरहेको र विकास निर्माण लगायत जनतालाई असर पर्ने काम गर्न नहुनेमा सचेत रहेको भन्दै नगर प्रमुख रामकुमार थापाका कार्यशैलीका कारण यो समस्या भएको आरोप लगाएकाछन् ।
नगर सभामा फरक प्रस्ताव र नीति तथा कार्यक्रम र बजेटको सन्दर्भमा बोल्न नदिर्ईएको, नगर सभामा उठेका सवालहरुलाई सम्बोधन गर्नका लागि नगर प्रमुख रामकुमार थापाले चासो नदिई पास गर्न खोजेकाले यो कार्यको विरोध गरिएको नगर सभा सदस्य लोकबहादुर धिमालले बताउनु भयो ।
हामी नगर सभामा उठेका बिषयहरुको सम्बोधन सहित नीति तथा कार्यक्रम र बजेट पास गर्ने पक्षमा नै रहेका छौ, उहाँले भन्नुभयो । कार्यापालिकाको वैठक बोलाएर त्यहाँ छलफल गरेर त्यसैको आधारमा नगर सभामा पेश गर्न पनि आफुहरुले माग गरेको समेत धिमालले बताउनु भयो । नगर प्रमुख थापाले कार्यापालिका वैठक पनि नवोलाउने र नगर सभामा पनि एकलौटी गर्ने कार्य भयो, उहाँले भन्नुभयो ।
कार्यापालिका सदस्य शारदा भट्टराईले नगर प्रमुख थापाले कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरुलाई तथानाम भन्ने गरेको भन्दै आपत्ती जनाउनु भयो । हामीलाई ‘जत्था’ भनेर बारम्बार भनिने गरेको छ, उहाँले भन्नुभयो । ११ औ नगर सभाको पहिलो वैठक अघि नगर प्रमुख थापाले जनाएको प्रतिबद्धता बमोजिम नै काम भएको भए यो अवस्था आउने नै थिएन, उहाँको भनाई थियो ।
हामी दूई तिहाई कार्यपालिका सदस्यहले कार्यापालिकाको वैठक बोलाएर समस्या सामधानका लागि प्रयन्त गरिनु पर्यो भन्दा यो गर्न नगर प्रमुखले नमान्दा समस्या सामधान हुन सकेको छैन, दमक वडा नं। ३ का वडाध्यक्ष नविन बरालले भन्नुभयो । नगर प्रमुख थापाले कार्यापालिका वैठक बोलाउने वा नबोलाउने आफ्नो अधिकारको कुरा भएको र नगर सभामा प्रस्ताव लैजाने जिम्मा पनि आफ्नो भएको बताउदै आउनु भएछि झनै विवाद चर्कदो अवस्थामा रहेको छ । सबै नगर प्रमुखलाई अधिकार रहेको छ भने कार्यापालिका वैठक र नगर सभा किन बस्नु पर्यो, उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा निवर्तमान नगर प्रमुख रोमनाथ ओलीले बिगतमा पनि आफुहरुको स्पष्ट बहुमत हुँदा पनि बिपक्षी कार्यापालिका सदस्य तथा नगर सभाका सदस्यहरुले असहमति राख्दा त्यो बिषयमा छलफल गरेर समस्या सामधान गर्ने गरेको जनाउदै यस बिषयमा गम्भिर हुन आग्रह गर्नु भयो । समस्या आयो भने छलफलबाट नै समस्याको सामधानको उपाय खोज्ने हो, उहाँले सुझाव दिनु भयो ।
नगर प्रमुख रामकुमार थापाले आफु विधि र पद्धतीबाट चल्ने जनाउदै कसैको अनआवश्यक दबाबले केहि नहुने बताउदै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here