‘बासु’मा १० लाखको ‘भजतिधरा’ अक्षय कोषको स्थापना

0
369

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा १० लाख रुपैयाँको ‘भजतिधरा’ अक्षय कोषको स्थापना भएको छ ।

स्थानीय समाजसेवी हाल काठमाण्डौ निबासी जिवनाथ सुबेदी, वहाँकी धर्मपत्नी शान्ता उप्रेती सुबेदी, छोरी साजिना सुबेदी खरेल र छोरा सजल सुबेदीले अक्षय कोषको स्थापना गरेका हुन् ।

दाता सुबेदीले आफ्ना दिवंगत दाजुहरु भक्तिप्रसाद र राजेन्द्र सुबेदी, आमाहरु तिलरुपा मैनाली सुबेदी, धनमाया प्रसाईँ सुबेदी र बुबा जयप्रसाद सुबेदीका नाममा अक्षयकोषको स्थापना गरेका हुन् ।

अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट तोकिएको ५ विधामा उत्कृष्ट हुने शिक्षक, विद्यार्थी र स्थानीय समाजसेवीलाई जनही २० हजार रुपैयाँसम्मको भक्तिप्रसाद खेलकुद पुरस्कार, जयप्रसाद साहित्य पुरस्कार, तिलरुपा नृत्यकला पुरस्कार, धनमाया समाजसेवा पुरस्कार र राजेन्द्र वक्तृत्वकला पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

विद्यालयमा उपस्थित भएर अक्षय कोषको घोषणा गर्दै दाता सुबेदीले विद्यालयलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप एक लाख रुपैयाँ चन्दासमेत प्रदान गरेको प्रधानाध्यापक विश्व थापाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here