
नया युग नया शताब्दी र नया पुस्ता सङै मौलाइरहेको अनेकौ संस्कार र संस्कृतिहरु मा आजभोली धेरै भाइरल हुदैछ एक ले अर्कालाइ गर्ने सम्बोधन आन्टी र अङ्कल….। जसले जसलाइ जहाँ सम्बोधन गर्नु पर्ने भएमा सजिलै भनिन्छ आन्टी कि त अङ्कल !! नया पुस्ता र टिन एजर हरु को त कुरा छोडौ बयस्क र जवान युवायुवतीले पनि बिर्सिसके आफ्नो सस्कार र सस्कृती जहाँ आमा , बुबा , सानिमा , काका , ठुलाबा , दिदी , दाजु , भाइ , सर , मेडम, बाबू , नानी भनेर एकले अर्कालाइ आदर सत्कार सहित सम्बोधन गरिन्थ्यो !!!
शाब्दिक अर्थमा भन्नू पर्दा आमा या बाबाको दिदिबहिनि या त दाजुभाइ सरहको ब्यक्तिलाइ आन्टी या अङ्कल भनिन्छ ! त्यसमा परिचित भए त हाम्रो हिन्दु धर्म शास्त्र र नेपाली भासा अनुरुप अनेकौ सब्दहरु छन सम्बोधनका लागि !! फेरि एक ले अर्कालाइ सम्बोधन गर्दैगर्दा उसको उमेरको आकलन गरेर नै गरिनुपर्ने हो !! तर आजभोली हाम्रो समाजमा विशेष गरि शहरी क्षेत्रमा न कसैलाइ आफ्नो उमेर र मर्यादाको ख्याल छ !! न त अरुको इज्जत र सम्मानको !! जो कोहि देख्यो प्याच्चै भनिहाल्ने ” आन्टी …. अङ्कल !!” अति नै भाइरल बन्दै गएको यो प्रवृत्तिलाई म नामान्करण गर्दैछु अङ्कलान्टी कल्चर !! यसै सन्दर्भमा केहि साना प्रसङ्गहरु जोडौ कि !!!!
रिता आज मात्रै पाच बर्स दुबइमा काम गरेर नेपाल फर्कदै थिइन ! सामान अलि धेरै नै थियो दायाँबायाँ एसो नजर ढुलाउछिन ! “आन्टी ट्याक्सी चाइएको हो !” पछाडी बाट आवाज आयो ! उनलाइ झनक्क रिस उठ्यो ! छेउमा एक जना ३०/३५ को जस्तो देखिने महिला सानो छोरी हातमा लिएर बस पर्खिरहेकि थिइन ! `ऐ ! उनलाइ सोधेेेको रहेछ´ मनमनै चित्त बुझाउछिन !
एकछिन बाटोतिर हेरेर एसो आवाज दिन्छिन । अङ्कल ! बस पार्क जानुहुन्छ ?? ट्याक्सी छेउमा आइपुग्छ ! `अङ्कल सामान राखिदिनुस न !´ ट्याक्सिवाला सामान लोड गर्छ ! उनि झपक्क निधाउदै मात्र के हुन्छिन भिडभाडलाइ चिर्दै सरासर हुइकिएको ट्याक्सी बसपार्कमा आएर टक्क रोकिन्छ !
आन्टी ! कहानिर झर्नुहुन्छ ?
बसपार्क भित्रसम्म जाने हो ! बस स्यान्डमा झर्छु !
ए ! आन्टी यहाँ रोकिदिउ !
हुन्छ रोकिदिनुस !!
भटाभट सामान ओराल्दै छन ट्याक्सिवाला !
अङ्कल कति भयो भाडा ??
५०० रुपैया !!
उनीसङ हजार को नोट मात्र छ !!
खुद्रा दिनुस न आन्टी चेन्ज छैन क्या म सङ!!
उनी छक्क पर्छिन !
( हेर ! यति बुडो छ मलाई आन्टी भन्छ ! कति थेत्तरो रैछ ! ६० काटेजस्तो छ खुब केटो सम्झदो हो आफुलाइ ! दिदी भने त बरु ठिकै हो भन्नू ! खुब आन्टी अरे !)
खै अङ्कल दिनुस त पाच सय फिर्ता !
उनिलाइ छड्के आखाले घरी घरी हेर्दै मुरमुरिदै पैसा हातमा राखिदिन्छ !
( कति नै मलाइ पो अङ्कल भन्दी रहिछे ! आफै ६० कटेजस्ती देखिन्छे !! दाइ भने पनि बरु ठिकै हो भन्नू !! खुब अङ्कल अरे !)
दुबै एक अर्कालाइ पुलुक्क हेर्छन ! मुसुमुसु हास्दै आफ्नो बाटो लाग्छ्न !! मनमनै सोच्दैछन कस्तो जमाना आयो हौ जसले भेट्यो कि आन्टी र अङ्कल मात्रै भन्ने !!कति भाइरल हो यो आन्टी अङ्कल !!
साच्चै यात्राको क्रममा जो सार्बजनिक सवारी साधन प्रयोग गर्छन उनिहरुलाइ स्पष्ट छ आन्टी र अङ्कल को भाइरल उच्चारण ! यसका साथै पसल सन्चालन गरिरहेका ब्यापारिहरु चाहे भर्खर को टिन एजेर केटाकेटी नै किन नहुन ग्राहक महानुभाबहरुको सजिलो सम्बोधन हो आन्टी या अङ्कल । यो सानो प्रसङ हेरौ !!
अङ्कल मलाइ हुने राम्रो पेन्ट हेरौ न !
हुन्छ ! बस्नुस न ! कस्तो रङ को ??
कालो मा अङ्कल ! अफिस को लागि !!
मिस्टर राजाराम हुन यिनी ! उमेरले त चालिस वसन्त पार गरिसक्यो ! तर मन भने तन्नेरी नै छ !!
सर ! यी हेर्नुस त !! नया ब्रान्डेड पेन्टहरु !! हिजोमात्र आएको फ्रेस पिस हरु हो !!
राजाराम हातले छामेर परिक्षण गर्दैछन कपडाको क्वालिटी !!
हैट अङ्कल !! यो त खस्रो छ त !! अलि राम्रो हेरौ न थाइल्यान्ड मेडको !!
यिनिहरुमा कुनै मन पर्छ सर !!नया पोकाहरु खोल्दै देखाउदैैैछन साहुजी !
यो ठिक छ !! कति पैसा पर्यो त अङकल !!
यस्को ५००० !!
बाफ्रे !! कस्तो बडि भन्नू भएको हौ !!
अर्जिनल थाइल्यान्ड मेड रोज्नु भो महङो नै छ ! अरु सस्तो मा लानुस न त सर !!
ब्यापरी र ग्राहक को मोलमोलाइ हुँदै गर्दा एक अधबैंसे मानिसको प्रबेस !! दुबै बिबादास्पद अवस्थामा देखेपछी उनको जिज्ञासा !!
के भो बाबु??
केही हैन बाबा ! यो पेन्ट ५००० मा दिएको त्यो पनि ठग्यौ भन्नु हुन्छ सरले !!
कसैको अनुहारमा हेर्दैनन राजाराम ! एक्ललै बोलिरहेका छन !
१००० को पेन्टलाइ ५००० भन्नू हुन्छ ! त्यो पनि तरिका हो त अङकल ???
बाबा यहाँ आएर मिलाइ दिनुस ल ! म खाजा खाएर आउछु !!
हुन्छ बाबु जाउ !! ती अधबैंसे मानिस साहुजी को कुर्सीमा बसेपछी मात्र देख्छन राजारामले !
अरे !! दयाराम ? तिमी ?
ओइ राजाराम ! तिमी ! कहाबाट ?
लौ तिम्रो पसल हो यो ??
हो नि !! कति दिनमा भेट भो है !!
` बाबा म गए ल ?? ´ एकछिन अघिसम्म पसलमा हुने साहुजिको प्रस्न !
छक्क पर्दैछन राजाराम ` उ चाहिँ !!तिम्रो छोरा???´
हो नि !! यो मेरो सानो छोरा !!ठुली छोरी छे !! बाबू ! दिपक वहा मेरो साथी !! राजाराम !!
नमस्ते अङ्कल !!
नमस्ते बाबू !!
लाजले रातोपिरो भए !! सानो बाबू भएतिर हेर्दै नहेरी गफमा मस्त भए !!
साथिको छोरा सानो बच्चालाइ अङ्कल अङ्कल भन्दै थर्काउदै सामान किन्ने राजाराम कुन मुखले त्यो साथिको घर जालान त खै !!
तर आजकल सबैको लाज पचिसकेको छ !!
किनकी !! यो त अङ्कलान्टि कल्चर !! अन्कल आन्टी त भाइरल !! अझ कति ठाउमा आफ्नै बिहेको लागि हेरिएका अपरिजित केटाकेटीलाई त अङ्कल आन्टी भन्दै बोलाइएको देख्न पाइन्छ !नपत्याए यहा हेरौ !
यी हुन मिस्टर राजन ! बैकको मेनेजर छन ! बिहे गर्ने तयारिमा केटि खोज्दैमा अलि ब्यस्त छन !! आज अफिसकै स्टाफ साथी रमेसको जन्मदिन छ ! सबै पार्टि मनाउनमा ब्यस्त छन । र्मिस्टर राजन शाहाकारी हुन ! एसो उसो चल्दैन !
` ओइ राजन ! माथी जा न किचनमा ! तेरो लागि खाना पकाएर राखिदिएको छ !!´
हुन्छ ! भैहाल्छ नि ! मुस्कुराउदै उनको प्रतिक्रीया ।
दिनभरी अफिसको कामले थकित र भोकाएका उनी हतारिदै माथिल्लो तला पुग्छ्न !!
` आन्टी नमस्ते ! खाना खान आएको है म त ! हेर्नुस न आन्टी दिनभरी केही खाएको छैन भोकले मरिसके !! आन्टी ! पानी दिनुस न एक गिलास !!´हतारिदै जे मन लाग्यो त्यो बोल्ने त उनको बानी नै हो !!
बाहिर धारा छ त ! हेर्नुस त !! भान्सामा कुर्ता सुरुवाल सल चटक्क लगाएर सरसफाइमा ब्यस्त युवतिको प्रतिक्रिया ।
“हैट आन्टी ! हो त नि !! कस्तो बिर्सेछु !!” कसैको अनुहार तिर हेदैनन उनि।
`खाना पस्किएको छ खादै गर्नुस है ! म एकछिन तल जानुछ ।´ मुर्मुदिदै बाहिरिन्छिन खाना पस्किएर दिने बहिनि !! ( दाइको साथी अरे ! मलाइ पो आन्टी भन्छ भन्या ! कस्तो थेत्तरो मान्छे ! आँखा फुटेको छ कि क्या हो ! खुबै तेरो आन्टी !!) फर्किफर्की कराउदैछिन मिस्टर राजन लाइ ।
टेबलमा पस्किएर राखिदिएको खाना गफको सुरमा कति बेला सकिन्छ थाह नै हुदैन !
अङ्कल खाना थपिदिउ ?
नया आवाज आउँछ भान्सामा !!
अ ! अलिकति थपिदिनुस !
उनी पुलुक्क हेर्छन खाना थपिदिने बहिनी तिर !!
तपाईं लाई त चिनिन नि !!
ए म ? म सन्ध्याको साथी ! दिपशिखा !!
अरु केही दिउ कि अङ्कल !!
भयो ! पुग्यो !! रिसाएझै गर्दैछन् उनी !
(अङ्कल अरे ! लाज सरम हुदैन आजका लेडिजहरु कति मात्तिएका ! म यस्तो हेन्डसम लाई अङ्कल पो अरे !)
आधा घन्टा पछि खानपिन सकेर गम्छाले हात पुस्दै निस्केका राजन हतारिदै साथीहरू भएतिर लम्कदै छन !!
पार्टी हल मा ठुलै भिड जम्मा छ !! साथमा मोजमस्ति नाच गाना पनि चलिरहेको छ !!
`राजन आइज है यता ! अब तेरो नाच्ने पालो !!´ रमेश धकेल्दैछन उनलाइ !!
` नाच्नुस न अङ्कल !! हामी त नाचेर गलि सक्यौ !!´ खाना थपेर दिने बहिनी एसो जिस्काएझै गर्छिन ।यो सुनेर रमेस तीन छक्क पर्छन !
“के रे ? अङ्कल अरे ?? दिपशिखा ! कसलाइ अङ्कल भनेको ? यो मेरो साथी हो ! राजन !´´
राजन ! यी हुन दिपा ! हाम्रो रमण दाइको हुनेवाला बेहुली !! मेरो बहिनी र उनि सङ्गै पड्छन !
रातोपिरो हुन्छिन दिपशिखा !! “ला भाइ !! तपाइको साथि !!”
“हो नि !! परिचय गर्दै गर है !!” हास्दै रमेश बाहिरिन्छन !
के भो हौ !! अचम्ममा पर्यौ त सबैजना !!
खाना पस्किएर दिने बहिनिको आगमन संगैको प्रश्न !!
केही होइन आन्टी !! रमण दाइको भाउजुसङ परिचय हुदैछ ! भाउजू त रमाइलो हुनुहुदो रहेछ है आन्टी!!
एकछिन अघिसम्म उदासिन दिपशिखाको मुहारमा एकैचोटि हासो भरिन्छ !!
“आन्टी अरे !! देवर बाबू !! यिनलाइ चिनेको छैन कि क्या हो !! रमेस दाइको बहिनी सन्ध्या ।”
ए हो र ? टाउको निहुराएर यताउता हेरे झै गर्दैछन राजन ! आफैदेखी संकोच लागिरहेको सायद !!
राजन तर्फ इशारा गर्दै दिपाको कौतुहलतायुक्त प्रश्न “ओइ सन्ध्या ! तेरो लागि केटा हेरेको छ भन्नू हुन्थ्यो नि ??? के छ बिचार ???” सन्ध्याको मुख फुलिएर बेलुन जस्तै हुदैछ ! टेडो आखाले राजन तिर हेर्दै मुन्टो बटारेर हिडदैछिन !!
जन्मदिनको केक काट्न सबै भेला भइसकेका छन ! दिपा र राजन पनि मुसुमुसु हास्दै अघि बड्छन !! आफ्नो देवरको साथिलाइ अङकल अङ्कल भन्दै सम्बोधन गर्ने दिपशिखाले देवरबाबु भनेर एकै छिनमा कुन मुखले बोलाउनु खै ! आफ्नै बिहेको लागि कुरा चलाइएको साथिकी बहिनिलाइ आन्टी आन्टी भन्ने राजनको पनि आँखा त बिग्रीएको थिएन होला हैन त ??
यस्तै हो आजभोलि । सम्बन्ध र सम्बोधनका अन्य शब्दहरु सायद भुलिसक्यौ हामीले । न कुनै शाब्दिक , सास्कृतिक र धार्मिक अर्थ बोकेको छ । न त सुन्दा सुमधुर ध्वनी नै प्रवाह गराउछ यो आन्टी र अङ्कल शब्दले । तर बिदेशी सस्कृती र अङ्ग्रेजी भाषाको अन्धोभक्त भएका हामिले आफ्नो परिचय , अस्तित्व र भाबुकता लाई लत्याइरहेका महसुस अवस्य हुदैछ ।
जे होस, एक ले अर्कालाइ कुनै संकोच र सम्मान बिना भावनाबिहिन सम्बोधन आन्टी र अङ्कल मात्र भन्ने हाम्रो कल्चर के फेरि त्यो पुरानो भावनात्मक सम्बोधन तिर फर्केला त ?? कि हुन सक्छ केही आउदो दिनमा महिला या आमाले नै आफ्नै छोरा, भाइ या पुरुष जति सबैलाइ अङ्कल अङ्कल भन्लान कि ?? अनि हरेक पुरुष या बाबुहरुले हरेक छोरी , बहिनी या महिला देख्ने बितिकै आन्टी आन्टी भन्दै सम्बोधन गर्ने हुन कि ?? जे होस रमाइलै हुन्छ जस्तो छ यो अङ्कलान्टी कल्चर !! हेरौ कति सम्म भाइरल हुनेहो यो अङ्कल र आन्टी ।।


























