काठमाडौं,

पाकिस्तान भित्र बिकासिय आयोजनाको नाममा आफनो घुसपैठ स्थापित गरिसकेको चिनले अब त्यहाँ सैन्य उपस्थितीका लागि पनि प्रयास थालेको देखिन्छ । संचालित आयोजनाहरुको असुरक्षाको बहानामा चिनले पाकिस्तानमा चिनियाँ सेनाको उपस्थिति का लागि दवाब दिन थालेको समाचार बाहिर आएको छ ।
चीन सरकार द्वारा पाकिस्तानमा निर्माण भइरहेको चीन पाकिस्तान आर्थिक करिडोर सि पि इ सि को सुरक्षा संबेदनसिलताको कुरा उठाएर चिनले पाकिस्तानको सुरक्षा प्रणालीमाथि नै प्रश्न हरु उठाउन थालेको छ।
चीनिया प्रशासनले आफ्नो लगानिमा बनिरहेका परियोजनाहरुको सुरक्षा पाकिस्तानले गर्न नसकेको संकेत गर्दै चिनले परियोजना सुरक्षाका लागि आफ्नै सेनाहरुको उपस्थितिलाइ अझै बढाउन खोजिरहेको छ। परियोजना हरु निर्माण सुरु भए देखिनै चिनले सुरक्षाको बिसयमा अबिस्वास ब्यक्त गर्दै आइरहेको छ ।
गत बर्ष सि पि इ सि का कामदार हरु सवार गाडीमा भएको आतंकबादि आक्रमण पछि चिनले पाकिस्तानको सुरक्षा ब्यबस्था प्रती असन्तुष्टि जनाउदै उक्त घटनाको छानबिन र परियोजना स्थलमा चिनियाँ सुरक्षा कर्मिको उपस्थिति बढाउन दबाब सिर्जना गर्दै आइरहेको छ,चिनको यस्तो दबाबले त्यहा चिनियाँ सुरक्षा कर्मिको संख्या बढ्न सक्ने संकेत गरेको छ।यो समस्त दक्षिण एसियाली भु राजनीतिमा गम्भीर चासोको विषय बनेको हो।
पछिल्लो समय पाकिस्तानको खराब आर्थिक अवस्था ,अस्थिर राजनैतिक परिस्थिति र खराब सुरक्षा स्थितिको विषयलाई चिनले नजिकबाट नियालिरहेको छ त्यही संक्रमणको फाइदा उठाउदै चिनले पाकिस्तानमा आर्थिक र सैन्य उपस्थितिलाइ बलियो बनाउन खोजिरहेको छ । चिनको यस्तो कदमले पाकिस्तान लाई मात्र हैन समग्र दक्षिण एसियाको आर्थिक र राजनैतिक अवस्थालाई नै चुनौती दिन सक्ने आंकलन गरिएको छ ।
कुनै बेला चीनिया परियोजना चीन पाकिस्तान आर्थिक करिडोर लाई पाकिस्तानमा महत्का साथ हेरिएको थियो तर अहिले चिनको रणनीतिक बदलाबको कारण पाकिस्तानमा निर्माण भइरहेका चीनिया परियोजनाले तनाब सिर्जना गरिदिएको छ।चीन सरकारको करिब ४६ अर्ब डलरमा निर्माण भइरहेका यी परियोजनाले औधोगिकरणको स्तर बढाउने र मुलुकलाइ आर्थिक समृद्धि तिर लाने लक्ष्य राखिएको थियो तर चीनिया कर्यशैलिमा आएको फेरबदल र रणनीतिक स्वार्थ साथै पाकिस्तानको आर्थिक र प्रसासनिक चुनौतिहरुका कारण सत्तामा आएको नया सरकारले चीनिया आयोजना प्रती चिनको अविश्वास र परियोजना सुरक्षार्थ आफ्नै सुरक्षा कर्मिको संख्या बढाउने कुराले पनि पाकिस्तान लाई चिनले गरिरहेको अर्बौं डलरको लगानीको वास्तविक नियत प्रती गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको जानकारको भनाई छ।
पाकिस्तानका यस अघिका नवाज सरिफ र इमरान खान सरकारले चाहिने भन्दा बढी परियोजना हरु निर्माण गर्न चीन सरकारलाई दिएको सहुलियतले गर्दा नै पाकिस्तानले आर्थिक र सुरक्ष सङ्ग सबंधित बिसयहरुमा दबाब झेल्नु परिरहेको छ। चीन पाकिस्तान आर्थिक करिडोरले पाकिस्तान भित्रको आन्तरिक राजनीति लाई नै प्रभाव पारिरहेको छ।चीनिया परियोजना कै कारण पाकिस्तानमा केन्द्र र प्रान्त ,प्रान्त र प्रान्त बिचको तनाबलाइ बडवा दिइरहेको छ,चीनिया आर्थिक परियोजना हरुले त्यहाका प्रान्तीय सरकारहरुलाइ कुनै सरोकार राख्दैन नत प्रान्तहरुले चीनिया आर्थिक सहायता नै पाउँछन्।
चीन पाकिस्तान आर्थिक करिडोर का जति परियोजना हरु छन ती सबै पाकिस्तानको केन्द्र सरकार र चिनको सहमतिमा हुने भएकोले परियोजना सम्झौतामा संघीय सरकारको मात्र नियन्त्रण रहने भएकोले प्रान्तीय सरकार हरु चिनियाँ आर्थिक परियोजनाका कुनै पनि हिस्सामा सामेल हुन पाउदैनन यहि कारणले चीनिया परियोजनाकै कारण पाकिस्तानको संघीय सरकार र प्रान्तीय सरकार बिच सम्बन्ध सुमधुर हुन सकेको छैन ।
चीन पाकिस्तान आर्थिक करिडोर अहिले सम्म कति अघि बड्यो र भबिस्यमा यस्को रुप कता तिर लाग्ने छ भन्ने कुराले नै पाकिस्तानको आकलन गर्न जरुरी देखिएको छ।































