उर्लाबारीबाट लागूऔषध सहित चार जना पक्राउ

0
293

मोरङ ।

मोरङको उर्लाबारी नगरपालिका–२ बाट लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत चार जनालाई निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको हो ।

निषेधित औषधीसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here