एमसीसीबारे चीन-अमेरिका भनाभनमाथि नेपालको टिप्पणी-अरुका विषयमा हामी बोल्दैनौं

0
355

काठमाडौँ, 

नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतालाई लिएर चीन र अमेरिका बीच पटक–पटक भइरहेको भनाभनबारे नेपालले पनि बुधबार टिप्पणी गरेको छ । परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालले आफ्नो कुरा राख्ने भन्दै अन्य मुलुकहरुले बोलेका विषयमा प्रतिक्रिया नदिने बताइन् ।

हामीले आफ्नो कुरा गर्ने हो, अरु राष्ट्रहरुले बोलेका विषयमा बोल्दैनौं,’ पत्रकारका प्रश्नको जवाफ दिँदै प्रवक्ता लम्सालले भनिन्,‘हामीले हाम्रो कुरा भन्ने हो । आफ्नो देशको कूटनीति र परराष्ट्र नीतिलाई सञ्चालन गर्ने हो । अरु राष्ट्रहरुले बोलेको विषयमा हामी बोल्दैनौं ।’

नेपालमा चीनको असन्तुष्टिका बावजुद गत वर्षको फागुन १५ मा उर्जा र पूर्वाधार विकासको लागि ५०० मिलियन अमेरिकी डलर अनुदान सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको थियो । जसमाथि वेइजिङले एमसीसी सम्झौता अनुमोदन हुनुअघि र पछि टिप्पणी गरेको थियो ।

नेपालमा एमसीसी अनुमोदन नहोस् भन्नेमा वेइजिङको भूमिका रहेको वासिङ्टन डीसीले जनाउँदै आएको थियो । पछिल्लो पटक यहि असार २९ मा नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियानको सामना गर्दै नेपालको संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here