लागूऔषध सहित चार जना पक्राउ

0
238

बिराटनगर ।

भोजपुरको हतुवागढी गाउँपालिका–९ बाट दुई जना, मोरङको बिराटनगर–१६ र पथरी शनिश्चरे नगरपालिका–४ बाट १–१ जना लागूऔषध सहित पक्राउ परेका छन्।

प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद अवस्थामा हिडिरहेका हतुवागढी–८ का २५ बर्षीय सुमोर राई र ४३ बर्षीय भक्त बहादुर थापालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट्यावलेट सहित बरामद गरेको थियो ।

यता मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–४ का २१ बर्षीय अमृत लिम्वुलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ९७ ट्रयावलेट र प्रामोल ९० ट्यावलेट सहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१६ स्थित हुलास चौकमा जोगवनी भारतबाट नेपाल आउदै गरेका धनकुटा पाख्रिवास नगरपालिका ४ का २२ बर्षीय बिसाल लिम्वुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल, नाइट्राभेट ९ ट्यावलेट सहित बरामद गरेको थियो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here