डीएसपी रुगम कुँवर बने एक नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी

0
443

विराटनगर ।

ईलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड) झापाका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम बहादुर कुँवर असार महिनामा एक नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी साहसी टोल स्थित कच्ची सड्क खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले कर्तव्य गरी मारी बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको मृतक पुरुषको लाशको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन सफल हुनुको साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

साथै लागूऔषध, चोरी लगायतका विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले डीएसपी कुँवरलेलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here