उपचार अभावमा शिवसताक्षीकी एक महिला तीन वर्षदेखि साङ्लोमा

0
297

शिवसताक्षी ।

शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिएकी छिन् । उनको खुट्टामा साङ्ली लगाएको छ । उनी भागेर घर छोडेर हिड्छिन भनेर उनका परिवारले उनलाई सांङ्लीले बाँधेर राखेका हुन् ।

उनको दुवैवटा खुट्मा साङ्ली लगाएको छ । जसले उनी विस्तारै मात्र हिड्न सक्छिन् । विगत १६ वर्ष अघिदेखि विरामी पर्दै आएकी अम्बिका गरिवीका कारण औषधी उपचार गर्द नसक्दा आफ्नी छोरीलाई सांङ्लोले बाँधर राख्नु परेको आमा सरस्वता ढकालले दुखेसो पोखिन् ।

वि.सं. २०४१ सालमा जन्मिएकी अम्बिकाले माइखोलमा गिटी कुटेर आफ्नो आमा र भाईलाई पाल्दै आएकी थिइन् । वि.सं. २०६० सालमा उनले भागेर विवाह गरिन् । विवाह पश्चात श्रीमान्ले बच्च पेटमा भएको अवस्थामा नै छोडेर भागे । त्यस पश्चात उनी माइतमै बस्दै आएकी थिइन् । उनले माइतमै छोरीलाई जन्म दिइन् । समय वित्दै गयो । छोरी चार वर्षकी भएपछि एक्कासी उनीमा समस्या देखा परेको आमा सरस्वताले बताइन् ।

सुरुमा उपचारका लागि भारतको सिलगुडी समेत लगेको थिए । सिलगुढीबाट दिएको औषधीले केही समय ठिक हुँदै थियो, आमा सरस्वताले भनिन् । आफुले परिवार पाल्ने जिम्मेवारी, कमाएर ल्याउने छोरीको नै यो हालत भएपछि रकम अभावका कारण औषधीलाई निरन्तरता दिइन नसकेको आमाले गुनासो गरिन् ।

गएको तीन वर्षदेखि घर छोडेर भाग्ने, अरुलाई कुट्ने र हराउँने भएकाले छोरीको दुवै खुट्टामा साङ्लोेले बाँधेर राखेको छु आमा सरस्वताले भनिन् । सुरुका दिनका शिवसताक्षी १० का माइधाम मेडिकल हलबाट निरन्तर औषधी खाइरहेको मेडिकल सञ्चालक भिम सुवेदीले बताए । उनले भने, सुरुका दिनमा यहीबाट औषधी खाँदै आउनु भएको थियो ।

मैले गरिवीका कारण औषधी खान नसकेको बुझेपछि धेरै औषधिहरु निशुल्क पनि दिएको थिए। विचमा आमा सरस्वता औषधी लिन आउन छोड्नु भयो । मैले पनि तीन अघि मात्रै विरामीलाई साङ्लीले बाँधेर राखेको भन्ने सुने । गरिवीका कारण विरामीले उपचार नपाउँदा साङ्लोमा बाधिनु परेको मेडिकल सञ्चालक सुवेदीले बताए ।

छोरीले उपचार पाए निको हुन्थेकी आमाले भनिन् । छोरी निको भए नातिनीलाई पनि संँगै राखिदिने थिए । विरामी अम्बिकाले सबैलाई कुट्ने भएकाले परिवारले नातिनीलाई पनि अलग्गै राखिदिएका छन् । छोरीको उपचारमा सहयोग गरिदिन आमा सरस्वताले सबैलाई आग्रह गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here