लागूऔषध विरुद्धको जनचेतनामूलक चलचित्र ‘कुलत’को प्रिमियर सो सम्पन्न

0
456

अर्जुनधारा ।

पूर्वेली कलाकार संघको दोस्रो प्रस्तुतीकोरुपमा निर्माण सम्पन्न भएको लागूऔषध विरुद्धको जनचेतनामूलक नेपाली कथानक चलचित्र ‘कुलत’को एक कार्यक्रमकोबीच प्रिमियर सो सम्पन्न भएको छ ।

अर्जुनधारा–३ स्थित कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा संघका अध्यक्ष एवम् चलचित्रका निर्देशक कसम खवासको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गरेका थिए ।

लागूऔषधका कारण समाजमा परेको प्रभावसँगै त्यसबाट हुन सक्ने क्षतीबारे सचेतना जगाउने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्देशक खवासले बताए । २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको चलचित्रको सुटिङ झापा र इलामका विभिन्न स्थानहरुमा गरिएको बताइएको छ ।

चलचित्रको निर्माता दिलु चोङबाङ र सहनिर्माताहरु मानबहादुर साँवा, मोहन फोम्बो र कुमारी खवास रहेका छन् । चलचित्रमा संगीत बादल लिम्बूको, द्धन्द रेगन प्रसाईंको र छायाँकन नरेश चौधरीको रहेको छ ।

रिसछैन राईको पटकथा र तिलक रिजालले सम्पादन गरेको चलचित्रको निर्माण कार्य कोभिड–१९का कारण दुई वर्षपछि मात्र सम्पन्न भएको बताइएको छ ।

चलचित्रमा मुख्य कलाकारहरु राजा कन्दङवा, स्मीता देवान, दिलु चोङबाङ, मानबहादुर साँवा, ज्ञानु श्रेष्ठ, निक्की वि.क, सुगम नेम्वाङ, कामु लिम्बू, भरत राउत, मोहन फोम्बो, कैलाश श्रेष्ठलगायतको अभिनय रहेको छ ।

कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा–३ वडा समितिका वडाध्यक्ष सीताराम भट्टराई, अर्जुनधारा–२ वडा समितिका सदस्य बलबहादुर समाल मगर, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दिपक दुलाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कलाकार ज्ञानु श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here