मेची पुलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

0
336

बिर्तामोड ।

पूर्वी नाका मेची पुलबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ निवासी ३२ वर्षीय सनम श्रेष्ठ र सोही ठाउँका २५ वर्षीय सन्दीप कुमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र कुमाललाई शङ्का लागेर चेकजाँच गर्दा कुमालको साथबाट ६ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

ब्राउन सुगरसहित फेला परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here