एक लाख ३५ हजार बराबरको रक्सी नियन्त्रण

0
468

मोरङ।

प्रहरीले मोरङको जहदा गाउँपालिका १ कालाबंजरामा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजादै गरेको दिलवाले रक्सी एक सय ५० कार्टुन नियन्त्रणमा लिईएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को१त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लादै गरेको अबस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रहरीलाई देख्न साथ चालक गाडी छोडेर फरार रहेकाले खोजतलास भईरहेको छ । नियन्त्रणमा लिएको रक्सी आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here