बिर्तामोड ।

झापाको शिवसताक्षी स्थित गैडे सामुदायिक वनबाट काठ तस्कर गरिरहेको अवस्थामा गाडी सहित ४० क्यू फिट काठ प्रहरीले बरामद गरेको छ ।
सामुदायिक वनमा काठ तस्कर हुदै गरेको सूचनाको आधारमा माइधार स्थित प्रहरी चौकी र गैडे सामुदायिक बनका कर्मचारीको संयुक्त टोलीले आज बिहान शिवसताक्षी–४ बाट मे१च ११६४ नम्बरको मारुती भेनमा सखुवा जातको ४० क्यू फिट काठ लादै गरेको अवस्थामा भेन र काठ बरामद गरी आवश्यक कारबाहीको लागि गैडे वनमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले जनाएको छ ।































