शर्माको बेरुजु रकम फस्र्याेट

0
537

झापा,  बिर्तामोड नगरपालिका वडा नं. ४ का तत्कालीन वडा सदस्य राहुलकुमार शर्माको बेरुजु रकम फस्र्याेट भएको पाइएको छ ।
गाउँ तथा नगर सभाका सदस्यहरुले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ बमोजिम सफत ग्रहणका मितिदेखि नै भुक्तानी भएको सुविधा रकम ऐनले दिएको भन्दा बढी भएसँगै महालेखाले सो रकम बुझाउन निर्देशन दिएको थियो ।
महालेखाको निरीक्षण लगत्तै शर्माले १२ हजार आठ सय ५० रुपैयाँ बेरुजु रकम फस्र्योट गरेका छन् । शर्मा हाल बिर्तामोड नगरपालिका–४ का वडाध्यक्ष हुन् । शर्माले नगरपालिकाको आन्तरिक आय÷सञ्चित कोष खातामा बेरुजु रकम जम्मा गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।
शर्माले २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि वडा सदस्यमा निर्वाचित भएसँगै बैठकभत्ता वापतको रकम बुझेका थिए । तर, उनले सो रकम २०७८ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अगावै बुझाएको बताइएको छ ।
वेरुजु रकम बुझाएसँगै बिर्तामोड नगरपालिकाले उनलाई वेरुजु रकम फस्र्याेट प्रमाणपत्र प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here