पाँचथर ।

पाँचथरको तुम्बेवा गाँउपालिका–२ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिल सञ्चालक सोही स्थान बस्ने ३८ बर्षीय जीवन मगर रहेका छन् । चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जीवनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्णबहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























