बिर्तामोड,

विभिन्न माग र विकल्पहरुबीचमा साझासहमति जुटाएर प्रदेश १ को नामाकरणगर्न झापाकापहिचानवादी संघसंस्थाकाप्रतिनिधिले माग गरेका छन् ।
उनीहरुले विभिन्नपक्षको माग र विकल्पहरुमा साझा सहमति जुटाउन वृहत्तगोलमेच छलफल गर्न समेत प्रदेश सरकार समक्षमाग गरेका छन् । मंगलबार संवाद समूहझापाको संयोजनमाबिर्तामोडमा भएको छलफलमा सहभागीहरुले विवाद र द्वन्द्वरहित ढंगले साझा सहमतिको आधारमा यथाशिघ्र प्रदेश नामाकरण गर्न प्रदेश सभा, प्रदेश सरकार र राजनीतिकदलहरुको ध्यानाकर्षण गराएका छन् ।
छलफल र संवादको माध्यमबाट प्रदेश नामाकरणको विषय टुंग्याउन आग्रहगर्दै नामाकरणको लागिआन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न समेत उनीहरुको आग्रह छ ।आदिवासीजनजातिमहासंघ झापाकाअध्यक्ष भरतकुमार श्रेष्ठले प्रदेश नामाकरण पहिचानको आधारमाहुनुपर्ने धारणा राखेका छन् ।
उनले प्रदेश १ माभूगोलभन्दापहिचानको सभ्यता र इतिहास लामो भएकाले यसैका आधारमाप्रदेश नामाकरण गर्नुपर्ने सुझावदिए । प्रदेशसभामापहिचानपक्षधर सांसदको संख्या बढी भएकाले पहिचानबारे साझाधारणा बनाउन सक्नुपर्नेमाउनको जोड छ ।श्रेष्ठले प्रदेश १ को नाम किरातप्रदेशराख्दाउचितहुने दाबी गरे ।
संघीय लिम्बुवानमञ्चकाझापाअध्यक्षनगेन्द्र राईले प्रदेश १ लाईलिम्बुवानप्रदेश घोषणा गर्नुपर्नेमाजोड दिए । उनले पहिचान र ऐतिहासिकताको आधारमाप्रदेश १ को नामलिम्बुवानहुनुपर्नेमाग राखे । उनले पहिचानको आधारमा राखिने नामले बिखण्डन ल्याउछ भन्ने तर्कगलतभएको दाबी गरे । लिम्बुवान राज्यकालागिनिरन्तर आन्दोलन र संघर्ष जारी रहेकाले लिम्बुवानप्रदेशको अडानबाट पछि हट्न सक्ने अवस्था नरहेको बताए ।
कोचिलागाभुर फ्रन्टका अध्यक्षअभय राजवंशीले कोच समुदायको इतिहास र सभ्यतानमेटिने गरी प्रदेश १ को नाम कोचिलाप्रदेश हुनुपर्ने बताए । उनले झापा, मोरङ र सुनसरीमामुख्यबसोबासीको रुपमा रहेको राजवंशी, ताजपरिया, गनगाईलगायतकाजाति समुदायकोपहिचानलाई सुरक्षित राख्नपनि कोचिलाप्रदेशको विकल्पनभएको तर्क गरे ।
राष्ट्रिय जनमुक्तीपार्टीका पूर्व जिल्लाअध्यक्षपर्शुराम मगरले प्रदेश १ लाईकिराँत–लिम्बुवाननामाकरण गर्दा उचितहुने धारणा राखे । उनले पहिचानर साझा सहमतिको आधारमानामाकरण गर्नुको विकल्पनभएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिउमेश खरेलले प्रदेशलाई विवादमुक्तहुने गरी भूगोलको आधारमानामाकरण गर्नुपर्ने सुझावदिए ।
उनले सगरमाथा, कञ्चन्जंघा, कोशीलगायतभूगोल प्रदेशको साझापहिचानभएकाले यसैका आधारमानामाकरण गर्न सुझाए । उक्त पार्टीका जिल्ला सचिवप्रकाश पाठकले पनिजातीयपहिचानमा साझा सहमति जुटाउन नसके भूगोलको पहिचानमा साझा सहमति जुटाएर प्रदेशको नामाकरणको विवाद टुंग्याउन आग्रह गरे । कार्यक्रमका सहभागीले प्रदेशको नामसंगै संविधानअनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र समेत तोकेर अघि बढ्नुपर्ने धारणा राखे ।





























