टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअप

0
447

काठमाण्डौं । 

बलिउड स्टार टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअप भएको छ ।

टाइगर र दिशा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, अहिले दुवै अलग भएका छन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक वर्षदेखि उनीहरूको सम्बन्धमा उतारचढाव आएको थियो । टाइगर र दिशाले आफ्नो सम्बन्धको आधिकारिक रूपमा कहिल्यै स्वीकार गरेनन् । तर, दुबैबीच प्रेम भने थियो ।

उनीहरूको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन । उनीहरूबीच भएको केही असमझदारीले एकआपसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here