वडा कार्यालय भवनको सिंढीमा जग निर्माणको कार्य सम्पन्न

0
487

समाचार प्रभाव

अमित खम्बू,
अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ स्थित नवनिर्मित वडा कार्यालय भवनको सिंढीमा जग निर्माणको कार्य सम्पन्न भएको छ ।

गत असार २९ पूर्वाञ्चल दैनिकमा ‘वडा कार्यालय भवनको निर्माण गुणस्तरहीन’ शिर्षकमा समाचार प्रकाशित भएपछि सम्बन्धित निकाय अर्जुनधारा नगरपालिका र ठेकेदार कुसुम गिरीले सिंढीमा जग निर्माण गर्न चासो दिएका थिए ।

वडा कार्यालयको निरीक्षण गरेका सब इन्जिनियर सन्तोष पोखरेलका अनुसार ठेकेदार पक्षबाट सिंढी निर्माण कार्यमा भएको त्रुटी सच्याउँदै थप दुई–दुई वटा सिंढी निर्माण भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here