तिब्बत: १७ हजार बढी व्यक्तिलाई स्थानान्तरण गरिँदै

0
376

दक्षिण,

पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च स्थानका १७ हजार बढी नागरिकलाई स्थानान्तरण गरिने भएको छ।

जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्न सो स्थानका १७ हजार ५ सय ५५ नागरिकलाई नाग्कु सहरमा स्थानान्तरण गरिन लागिएको हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङको गरिबी निवारण कार्यक्रमले विकासको पूर्वाधार पु¥याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकीकृत बस्ती बनाइ उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीतिअन्तर्गत हजारौं नागरिक स्थानान्तरण हुँदैछन्।

आगामी डेड महिनामा समुद्री सतहभन्दा ४ हजार ५ सय मिटरमाथिको औसत उचाइ भएका ठाउँहरूबाट स्थानीयहरूलाई ३ हजार ६ सय मिटरको उचाइ रहेको शानन सहरमा ल्याइनेछ। ‘स्थानान्तरण योजनाले पर्यावरणीय सुरक्षा र उत्तम जीवनको मानिसहरूको दुवै मागलाई ध्यानमा राख्दै जन–केन्द्रित विकास विचार प्रतिबिम्बित गर्छ,’ राष्ट्रपति सीले भनेका छन्।

तिब्बतको एक सयभन्दा बढी सहरमा सञ्चालित स्थानान्तरण योजनाले आठ वर्षमा एक लाख ३० हजार नागरिकको जीवनयापनलाई परिवर्तन गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here