पथरीशनिश्चरे,

विहीबार मोरङको कानेपोखरीस्थित ग्रामीण सुधार सामुदायिक वनबाट चोरी भएको ठूलो परिणामको अवैध काठ प्रहरीले वरामत गरेको छ ।
कानेपोखरी गाउँ पालिकाका विभिन्न सामुदायिक वनहरूमा अवैध रुपमा काठ चोरी निकासीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले वरामद गरेको हो।
सशस्त्र प्रहरी बेस क्याम्प पथरी शनिश्चरे, सव-डिभिजन वन कानेपोखरी, ग्रामीण सुधार वन सहितको टोलीले गोप्य सूचनाका आधारमा कानेपोखरी -६ माझी टोल र मयुर काष्ठ मिल कानेपोखरी -४ रमाइलोबाट ४५.९९ क्यू फिट सालको गोलिया र चिरान काठ वरामत गरेको छ ।
सव-डिभिजन वन कार्यालय, कानेपोखरी मोरङको मातहतमा रहेका ति सामुदायिक वनहरूमा पछिल्लो समय काठ चोरीनिकासीका घटनाहरू बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरीले सक्रियता बढाएको छ।
चोरीको घटनामा संलग्न रहेको भन्ने जानकारी अनुसार कानेपोखरी-६ का दिलिप माझी र अन्यको तिनले प्रयोग गरेको सवारी साधन समेतको खोजी कार्य तिव्र रहेको ग्रामीण सुधार वनका अध्यक्ष नवीन राइले बताएका छन् । काठ तस्करीबारे थप अनुसन्धान भइरहेको रयसमा संलग्नहरुको पहिंचान हुने अध्यक्ष राईको भनाइ रहेको छ ।
सो ग्रामीण सुधार वनबाट विविध आन्तरिक कारणले विगत ४ वर्षदेखि लडेको रुखहरू समेत निकाल्न पाइएको छैन । बिक्रीवितरण पनि रोकिएको छ । यस वनको कार्यसमितिले तुरुन्त कार्ययोजना बनाएर वा चाडैं वन हस्तान्तरण गर्न लगाएर जङ्गलभित्र लडेका सबै काठहरू व्यवस्थापन गरि उपभोक्तालाई प्रदान गरेपछि मात्र यस समस्याको समाधान हुन्छ,” ‘सव-डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले जानकारी दिएका हुन् ।
उनले अगाडि भने- ‘काँचो रुख काटिएको छैन, लडेका रुखका टुनाहरू चोरी भइरहेको छ कारण खुल्ला जंगल भएर।वनमा ‘रुखहरू लडेका छ्न, नजिकै वस्तीमा घर बनाइरहेका छ्न । सोहि कारणले पनि चोरी नियन्त्रण हुन सकेको छैन । ” यसअघि पनि पटक-पटक चोरीका घटनाहरू घटिसकेका छन् । हामी नियन्त्रणका लागि प्रयास गरिरहेका छौं, ‘ यादव बताएका छन्।





























